शेर्पा फोनिजको संघीय सल्लाहकारमा मनोनित

शेर्पा फोनिजको संघीय सल्लाहकारमा मनोनित

 

काठमाडौ । अपटुडेट साप्ताहिकका प्रतिनिधि तथा वरिष्ठ समाजसेवी पासाङकाजी शेर्पा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)को संघीय सल्लाहकारमा मनोनित भएका छन् । विगत लामो समयदेखि अपटुडेट साप्ताहिकमा आवद्ध रहँदै आएका शेर्पा दुर दराज चित्र फोटो पत्रकारिता मार्फत पस्कँदै आएका छन् । फोनिजको जिल्ला कार्य समिति सदस्य रहेका शेर्पाको योगदानलाई उच्च मूल्यांकन गर्दै उनलाई संघीय सल्लाहकारमा मनोनित गरेको फोनिजका एक पदाधिकारीले बताए । संघीय सल्लाहमा नियुक्त भएसँगै शेर्पाले जिल्ला कार्यसमिति सदस्यबाट राजिनामा दिएका छन् ।
शेर्पासँगै फोनिजमा १३ जना पत्रकार तथा व्यक्तित्वहरु मनोनयन भएका छन् । फोनिज संघीय सचिवालयको गत शुक्रबार बसेको बैठकले सल्लाहकार मनोनयन गरेको हो ।
फोनिज संघीय अध्यक्ष लक्की चौधरीको अध्यक्षतामा बसेको बैठकले सल्लाहकार समितिको संयोजकमा निवर्तमान अध्यक्ष गजुरधन राईलाई मनोनयन गरेको छ । फोनिजको विधानअनुसार निवर्तमान अध्यक्ष सल्लाहकार समितिको संयोजक रहने प्रावधान छ ।
त्यस्तै सल्लाहकार समितिका सदस्यहरुमा पूर्व अध्यक्षहरु चन्द्रसिंह कुलुङ, खिम घले, मोहनसिंह लामा, डण्ड गुरुङ चयन भएका छन् । त्यस्तै अन्य सल्लाहकारहरुमा उजीर मगर, मनोज घर्ती मगर, भैरव आङ्ला, अमरध्वज लामा, शान्ति गुरुङ, पुस्करभक्त माथेमा, सुकदेव चौधरी मनोनयन भएका छन् ।
सोहीअनुसार सचिवालय बैठकले पूर्ति हुन बाँकी लेखा समिति सदस्यमा मञ्जु तामाङलाई चयन गरेको छ । त्यस्तै, अनुशासन समितिको संयोजकमा निम्लिकी शेर्पा, सदस्यहरुमा सन्तोष दहित र पूर्णिमा शाक्यलाई मनोनयन गरेको छ ।
गत चैत २९ र ३० गते भएको फोनिजको आठौं महाधिवेशनले नयाँ कार्य समिति चयन गरेको थियो । फोनिजको ४९ सदस्यीय संघीय समिति रहने व्यवस्था छ । यसैगरी बैठकले फोनिजको २६ औं वार्षिकोत्सव भव्यताका साथ मनाउने निर्णय गरेको छ ।

लोकप्रिय