नेपाल मगर संघ र काठमाडौं युनिभर्सिटी बिच परामर्श बैठक सम्पन्न

नेपाल मगर संघ र काठमाडौं युनिभर्सिटी बिच परामर्श बैठक सम्पन्न

धनबहादुर मगर
काठमाडौं भाद्र २२, काठमाडांैं विश्व विद्यालय र नेपाल मागरको संघको आयोजनाम शिक्षा शाश्त्रमा स्नातक डिप्लोमा मगर भाषा शिक्षण सरोकारवाला मगर समुदायको परामर्श बैठक ललितपुरको हात्तीवनस्थित काठमाडौं विश्व विद्यालयमा सम्पन्न भएको छ ।
उक्त परामर्श काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेशन अन्तरगत भाषा शिक्षा विभागद्धारा आयोजनामा मगर भाषा अध्ययन विभागद्धारा गरिएको हो ।
उक्त बैठकमा भाषा तथा संस्कृतिविद् बमकुमारी बुढामगरले नेपालमा मगरजातिको भाषा भौगौलिक रुपमा फरक भएपनि त्यसलाई संयोजन गरि शिक्षा प्रदान गर्नु पर्नेमा जोडदिनु भएको छ ।


जसमा गण्डकी क्षेत्र मगर ढुट, राप्ती क्षेत्रमा खामपाङ (खाम)। हुम्ला, डोल्पामा काइके मगर भाषा बोल्ने गरेका छन् ।
पूर्व उप–सभामुख तथा माननीय इन्दिरा राना मगरले सभा, सम्मेलनहरुमा अबदेखि आफ्नै भाषामा बोल्नु पर्ने बताउनु भयो ।
राना मगरले तिनै तहको सरकारले आदिवासीका भाषा संकृतिलाई वजेटमा जोड्नु पर्ने कुरा बताउँदै, गुरुकुल, गुम्वा, मुन्धुम, मदरासाको जसरी मगर भाषाको लागि पनि वजेटको व्यवस्था गर्नुपर्ने जोडदिनु भएको छ ।
गोर्खा गु्रपका अध्यक्ष नवल घर्ती मगरले आफू काठमाडौं युनिभर्सिटीमा एमफिल गरेको र इन्जिनियरिङ्ग पृष्ठभूमिको भएपनि आफ्नो भाषा, साँस्कृति प्रति माया लाग्ने बताउनु भयो ।
घर्तीमगरले कुनै पनि कुराहरु ढिलो गर्न नहुने बताउँदै मगरजातिलाई ढिलो गर्ने जातिमा गनिएको नभई बुझाई ढिलो भएको कारण त्यस्तो लागेको बताउनु भयो ।
नेपाल मगर संघका अध्यक्ष रक्षा बहादुर रैका मगरले भाषालाई संस्थागत गर्नु जरुरी भएको बताउँदै मगर विद्यार्थी अध्ययन गर्न ल्याउने समस्या नभएको बताउँनु भयो ।
सुनसरी गाउँपालिकाका अध्यक्ष धनबहादर पुन मगरले आफ्नो पालिकामा १ देखि ८ कक्षासम्म भाषाको पढाई हुने गरेको बताउनु भयो ।
सबैभन्दा कम वजेट पुग्ने पालिकाहरु मध्ये सुनसरी गापा हो । त्यस पालिकामा पाठ्यक्रम लागु गरेको छ । धेरै पालिकाहरुमा मगर जनप्रतिनिधीहरु भएकाले कार्यनवयन गर्ने इच्छा शक्ति भए अगाडि बढ्न सक्ने बताउनु भयो ।
अक्षय कोष विषयमा मगरले सरकारले नभई संघ–संस्थाले गर्ने हो । मगर संघ–संस्थाहरु अन्तर्राष्ट्रिय रुपमा स्थापित संस्था हो । मगर संघको सक्रियतामा गर्न सक्ने सुझाव दिएको छ ।
मगरले इच्छाशक्तिको कुरा हो । विषयान्तर भइराखेको छ । मगर जाति भएको ठाउँमा मात्र पढाइने नभई मगर जाति नभएको ठाउँमा पनि मगर भाषामा पाठ्यक्रम लागु गर्नुपर्ने बताउनु भयो ।
सभासद रेणुका काउछा मगरले पुर्खाको कुरा गर्दा पुस्तान्तरण गर्ने विषय भाषा, संस्कृतिले भूमिका खेल्ने भएकाले स्थानीय तहले त्यो कामलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो ।
आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले संयुक्त राष्ट्रसंघले सनु २०२२ देखि ३२ सम्मलाई आदिवासी भाषा दशक घोषणा गरेको बताउनु भयो ।
साथै अध्यक्ष मगरले काठमाडौं युनिभर्सिटीले यसको शुरुवात गरेको छ । सुनसरी गाउँपालिकाले गरेको उदाहरणबाट पनि सिक्नु पर्ने सुझाव दिएको छ ।
राष्ट्रिय सभा सदस्य सुरेश आले मगरले आफु ५३ वर्षदेखि आदिवासी जनजाति आन्दोलनमा लागेको भएपनि मुख्य विषय भाषा, संस्कृत झनै महत्वपूर्ण भएको बताउनु भयो । आफूले मगर भाषा नजाने पनि आदिवासी जनजाति आन्दोलनमा विगत लामो समयदेखि निरन्तर लागिरहेको पनि बताउनु भयो ।
मगरले भाषा नजाने पनि साँस्कृति मानेको हुन्छ । मगर भाषा जाने पछि रोजगारसँग पनि जोड्नु पर्ने बताउनु भयो ।
काठमाडौं युनिभर्सिटीका कायक्रम संयोजक जयराज अवस्थीले देशको लागि सबै कुुरा पैसामा मात्र दाज्ने नहुने बताउँदै आदिवासी जनजातिका भाषा, संस्कृतिलाई पाठ्यक्रममा समावेश गरेर अध्ययन अध्यापन गराउन सके देशको पहिचानलाई जीवन्त बनाउन सक्ने बताउने भयो ।
परामर्श बैठकमा काठमाडौं विश्व विद्यालयका प्राध्यापक तथा भाषा विज्ञान संयोजक हेमराज काफ्ले नेपाल मगर संघको सहकार्यमा मगर भाषा, संस्कृति विषयमा अध्ययन गरेपछि विद्यार्थीले फिस छैन भनेर फर्कनु नपर्ने वातावरण बनाउन परामर्श बैठकको आयोजना गरेको बताउनु भयो ।
विश्व विद्यालयमा सामाजिक दायित्वको रुपमा लिएका छौं । सामाजिक दायित्व भएकाले व्यवहारिक कुरामा जोडदिनुपर्ने बताउँदैन आइफल टावर गएर हेर्नको लागि मात्र होइन काठमाडौं युनिभर्सिटी स्थापना भएको होइन ।
त्यसरीनै काठमाडौं युनिभर्सिटीले गुरुङ भाषा, संस्कृति अध्ययनका लागि पनि परामर्श बैठकको आयोजना गरेको थियो ।

लोकप्रिय