नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक

नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक

दक्षिण कोरियामा जारी ११औँ विश्व हाप्किडो च्याम्पियनसिप–२०२६ मा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै एक स्वर्ण र एक कांस्य पदक जितेका छन्। प्रतियोगिताको फाइट क्योरुगी विधामा नेपालका दिपक छन्त्यालले स्वर्ण तथा मेग्मा गुरुङले कांस्य पदक जितेका हुन्। मेग्माले यसअघि सम्पन्न संस्करणमा रजत पदक जितेकी थिइन्।

८०–८४ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका दिपकले स्वर्ण पदक जित्ने क्रममा तीन चरणका खेल खेले। पहिलो चरणमा उनले जर्मनीका खेलाडीलाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरे। त्यसपछि सेमिफाइनलमा दक्षिण कोरियाका खेलाडीलाई पराजित गर्दै फाइनलमा स्थान बनाए। फाइनलमा ब्राजिलका खेलाडीलाई पराजित गर्दै दिपकले स्वर्ण पदक जितेको नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले जानकारी दिए।

दुवै खेलाडीको सफलतालाई नेपाली खेलकुदका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। नेपाल हाप्किडो संघका महासचिव इन्द्रबहादुर महराले नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शनले अन्तर्राष्ट्रिय हाप्किडोमा नेपालको पहिचान थप बलियो बनाएको बताए।

लोकप्रिय