नेपालमा एसआरएमका १ हजार १११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य
काठमाडौ । भिजीमोटर्स नेपालमा एसआरएम (SRM) ब्रान्डका सवारी साधनहरूको आधिकारिक आयातकर्ता तथा वितरक हो । नेपाली बजारमा एसआरएमलाई एक प्रमुख व्यावसायिक विद्युतीय सवारी (ईभी) ब्रान्डको रूपमा स्थापित गर्ने सोचका साथ कम्पनीले अगस्ट २०२३ मा एसआरएम ईभीको यात्रा सुरु गरेको थियो ।
बजारको सकारात्मक प्रतिक्रिया र १ हजार १११ थान ईभी बिक्रीको कोसेढुंगा पार गरेपछि, भिजीमोटर्सले बिक्री पछिको सेवा सञ्जाल र ग्राहक सेवालाई सुदृढ बनाउनेतर्फ बढी जोड दिइरहेको छ । नेपाली सडकमा १० हजार थान एसआरएम ईभी पु¥याउने आफ्नो दीर्घकालीन लक्ष्यतर्फ अघि बढ्दै कम्पनीले नेपालभर यो ब्रान्डलाई अझ विस्तार गर्ने लक्ष्य राखेको छ ।
भिजीमोटर्सले विशेष समारोह आयोजना गरी १ हजार १११ थान एसआरएम ईभी बिक्रीको उत्सव मनाएको छ । कार्यक्रममा एसआरएमका प्रतिनिधि, ग्राहक, व्यावसायिक साझेदार, सञ्चारकर्मी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।
कार्यक्रममा एसआरएमको एसियाली बजारका महाप्रबन्धक वाङ लु, एसियाली बजारका बिक्री प्रबन्ध कलुसियावाङ, भिजीमोटर्सका प्रबन्ध निर्देशक विशाल अग्रवाल, प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छे, बिजनेस हेडचन्दन रौनियार लगायतको उपस्थिति थियो ।
कार्यक्रममा चर्चित नेपाली तेक्वान्दो खेलाडी तथा एसआरएमका ब्रान्ड एम्बेसडर दीपक विष्टको पनि सहभागिता रहेको थियो ।
एसआरएम र भिजीमोटर्सले १ हजार १११ सवारी बिक्रीको उपलब्धिलाई “१ हजार १११ यात्रा, १ हजार १११ जीविका र १ हजार १११ कथा”का रूपमा व्याख्या गरेका छन् । एसआरएमका विद्युतीय सवारी यात्रु ओसार पसार, विद्यालय तथा संस्थागत यातायात, सामान ढुवानी र साना व्यवसायका विभिन्न आवश्यकतामा प्रयोग हुँदै आएका छन् ।
कम्पनीका अनुसार नेपालका चुनौतीपूर्ण सडक अवस्थालाई ध्यानमा राख्दै एसआरएमका विद्युतीय सवारीमा ग्राउन्ड क्लियरेन्स बढाउनुका साथै मोटरको शक्ति र टर्क वृद्धि गरिएको छ । कम्पनीले सिएटिएलका ब्याट्र प्रयोग गर्दै आएको छ । एसआरएमले सर्तसहित ब्याट्रीमा ६ वर्ष वा ३ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराउँदै आएको छ ।
भिजीमोटर्सका अनुसार नेपालमा एसआरएमका ३० भन्दा बढी सर्भिस टचपोइन्ट तथा वर्कसप सञ्चालनमा छन् । बढ्दो विद्युतीय सवारी इकोसिस्टम अन्तर्गत १०० भन्दा बढी चार्जिङ स्टेसन स्थापना भइसकेका छन् । कम्पनीले ४० जिल्लाका १ हजार ५०० भन्दा बढी मेकानिक तथा ५० भन्दा बढी ड्राइभिङ इन्स्टिच्युटका प्रशिक्षकलाई ईभी प्रविधिर सडक सुरक्षासम्बन्धी तालिम दिएको छ ।
एसआरएमले नेपालमा थप विस्तारका लागि दुईवटा विद्युतीय ट्रक र एउटाएमपीभी ल्याउने तयारी समेत गरिरहेको छ ।
कार्यक्रममा महत्वपूर्ण ग्राहक तथा साझेदारलाई सम्मान गरिएको थियो । हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजलाई १,००० औं एसआरएम खरिदकर्ता तथा युरो स्कुल, छाउनीलाई सबैभन्दा धेरै एसआरएम ईभी खरिद गर्ने संस्थाका रूपमा सम्मानित गरिएको थियो । डिस्कभरी एजुनेसन नेटवर्क काठमाडौं प्रालिलाई एसआरएम पायोनियर अवार्ड प्रदान गरिएको थियो ।
१ हजार १११ सवारीको उपलब्धिपछि भिजीमोटर्सले नेपालमा १० हजार एसआरएम सवारी बिक्री गर्ने नयाँ लक्ष्य तय गरेको छ । कम्पनीले चार्जिङ पूर्वाधार, सर्भिस सुविधा, प्राविधिक तालिम, स्पेयर पाट्र्सको उपलब्धता तथा ग्राहक सेवामा थप लगानी गर्दै विद्युतीय व्यावसायिक सवारीको प्रयोगलाई देशभर विस्तार गर्ने योजना बनाएको छ ।


लेखकको सम्वन्धमा