पाँचदशक अघिका चर्चित भारतीय अभिनेत्री रीना रोयँको जीवनी सार्वजनिक
धनबहादुर मगर
काठमाडौं असोज १०, वरिष्ठ पत्रकारहरु लेखकद्धय रमेशकुमार रौनियार र उमेशकुमार रौनियारद्धारा लिखित प्रसिद्ध भारतीय कलाकार रीना रोयँको जीवनीमा आधारित कृति विमोचन सम्पन्न भएको छ ।
कृति विमोचन कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार प्रेम कैदीले रौनियार परिवारसँग आफ्नो वंश र रौनियारको वंश बिच घनिष्ठ सम्बन्ध रहेको बताए । नेपाल भगवान्को सन्तानहरुले राज्य गरेको कारण कहिल्यै पनि उपनिवेश हुन नपरेको बताउँदै भारतीय प्रसिद्ध अभिनेत्री रीना रोयँले अभिनित दर्जनौं चलचित्रहरु आजभन्दा ५० वर्षअघि हेरेको अभिनय आजपनि चलचित्र क्षेत्रको प्रेरणाको स्रोत रहेको बताउनु भयो । ‘‘कैदीले हिजो जतिकै आजपनि प्रसिद्ध छ ।’’ अथाह अभिनयका धनी रोयँ आर्थिक रुपमा कमजोर भएपनि कठीन संघर्षको कारण सफल अभिनेत्री बनेको बताए । उनको असल अभिनयबाट आजको कलाकारिता गर्नेहरुले प्रेरणा लिनुपर्ने बताउँदै, असल कलाकार बन्न संघर्ष गर्नु पर्ने बताए ।
कैदीले आनन्द पालका वंशहरु परापूर्वकालमा नेपालको राजाहरु भएको र त्यही पालको समयमा जुम्ला हुँदै काठमाडौं छिरेको र भारतका मन्दिरहरु नेपालीहरु हुनु उनीहरुले आफूहरु जुम्लाका पाल शासकहरुको सन्तान रहेको बताउनु, भारत र नेपालको नातासम्बन्ध वंशको आधारमा पनि निकट रहेको बताउनु भयो । इतिहास हेर्दा भारतवर्ष र नेपाल खासै परक नभएको बताउँदै, सिन्धु नदीको सभ्यातानै हिन्दु भएको, हिन्दु कर्णाली सभ्यताबाट शुरुवात भएको, तत्कालीन सभ्यताको विकासमा इच्छाकु वंशहरुको योगदान महत्वपूर्ण रहेको बताउनु भयो ।
समाजसेवी मानव मानिसले रौनियारद्धयको पिता रघुनाथ रौनियार नेपालकै प्रथम पत्रकार भएको बताउनु भयो । रघुनाथप्रसाद रौनियारले जीवनको अन्तिमकालसम्म पत्रकारिता गरेर जीवन विताए । रौनियार परिवारहरु समाजसेवाको भावना भएको व्यक्तिहरु हुनुहुन्छ । मनिसले आफू पनि कलाकार भएको नाताले पत्रकारिता र कलाकारिताको कुनै सीमाना नहुने बताउनु भयो ।
रसुवाको बाढीमा भारतका कलाकारहरु आएर गरेको सहयोगको उल्लेख गर्दै सबैभन्दा माथिल्लो कुरा मानवता हो ।
स्वागत मन्तव्य व्यक्त गर्दै जीवनीमा आधारित कृति विमोचन कार्यक्रमका अध्यक्ष डा.शुद्ध रौनियारले सुख, शान्ति र समृद्धिका लागि साहित्यको योगदान हिजो पनि महत्वपूर्ण थियो आजपनि त्यतिकै महत्वपूर्ण छ । र भोलीपनि हुनेछ । रीना रोयँको बारेमा हामीले हेर्ने दृष्टिकोण असल अभिनेत्रीको रुपमा हो ।

त्यसरी नै समाजसेवी श्याम सुन्दर रौनियारले रौनियारको रगतमै पत्रकारिताको अंश रहेको बताउँनु भयो । देश र समाजको लागि लेख्दै आउनु भएको छ । विना स्वार्थ पत्रकारिताको माध्यमबाट रौनियार द्वय निरन्तर पत्रकारिताको माध्यमबाट आफूलाई उभ्याएको छ । समाज सेवा र मानवताको भावनाले लागेको रौनियार परिवार पत्रकारिता क्षेत्रको लागि प्रेरणाको स्रोतको रुपमा लिनु पर्ने बताउनु भयो ।
रीना रोयँको जीवनीका लेखक उमेश रौनियारले जीवनी लेखन गर्ने प्रेरणा आफू विद्यालयमा विद्यार्थी हुँदा विश्वज्वोती, जयनेपाल हलमा हिन्दी चलचित्र हेरेपछि जागेको बताए । आफू रोयँको असल अभिनयबाट प्रेरीत भएको छु ।
समाजसेवी गोकुल पन्तले रीना रायको जीवनीको विमोचनले थप कलाकारिता क्षेत्रलाई बल पु¥याएको विचार व्यक्त गर्नु भयो ।
रौनियार द्धयले द्धन्द्धकालको संघारमा डा.बाबुराम भट्टराई र पुष्पकमल दाहाल प्रचण्डकी स्वर्गी अर्धाङ्गिनी सीता पौडेलको जीवनी समेत लेख्नु भएको छ । भने वरिष्ठ पत्रकार चन्दा रौनियारले ३ दशक भन्दा बढी समय नेहा नामक मासिक पत्रिका प्रकाशन गर्दै आउनु भएको छ ।
कार्यक्रमको अध्यक्षता डा.शुद्ध रौनियार र सञ्चालन वरिष्ठ पत्रकार चन्दा रौनियार, स्वागत अभिनेत्री रेखा रौनियारले गर्नु भएको थियो ।


प्रतिकृया दिनुहोस्