राष्ट्रिय स्वाधीनता इतिहासकै कमजोर अवस्थामाः महासचिव दिपक

राष्ट्रिय स्वाधीनता इतिहासकै कमजोर अवस्थामाः महासचिव दिपक

काठमाडौं असोज १२, नेपाल कम्युनिस्ट पार्टी(बहुमत)का नवनिर्वाचित महासचिव उदय बहादुर चलाउने‘दिपक’ले नेपाली जनताको अवस्था बदल्न व्यवस्था नै बदल्नुपर्ने धारणा राखेका छन् । आइतबार काठमाडौंको संवाद डबलीमा भएको पत्रकार भेटघाटमा चलाउनेले सरकारका जनविरोधी गतिविधिविरुद्ध निकट भविष्यमा संघर्षको प्रक्रियालाई अगाडि बढाउने उद्घोषसमेत गरे ।
हालै भएको प्रथम राष्ट्रिय सम्मेलनबाट महासचिवमा निर्वाचित चलाउनेले जनसंविधानका लागि जनपरिचालन गरि वर्तमान व्यवस्थालाई विस्थापन गर्ने संघर्ष अगाडि बढाउने उद्घोष गरे ।
वर्तमान दलाल पुँजीवादी व्यवस्थाको बालेन सरकारले इतिहासमै राष्ट्रिय स्वाधीनतालाई कमजोर बनाउँदै लगेको, सुशासनका नाममा कुशासनलाई प्रसय दिएको र जनताको जनजीविकालाई थप कष्टकर बनाउँदै गएकाले त्यसको विकल्प खोज्नुपर्ने उनको कथन छ ।
“सुरुमै सुकुम्बासी बस्तिमा डोजर चलाएर यो सरकार निम्न वर्गको शत्रु र उच्च वर्गको रक्षाकवच बनेको पुष्टि भएको छ” उनले भने ।
भोटेकोशीको बाढीलाई अवसर बनाएर सरकारले एकद्वारका नाममा अरबौं रकम संकलन गरि उक्त रकम बाढी पीडितलाई राहत वितरण नगरि प्रधानमन्त्रीको कार्यालयमा थन्क्याउनु नै रकम अपचलन र भ्रष्टाचार गरेसरह भएको उनले जनाए ।
प्रधानमन्त्री बालेन्द्र साहको अपरिपक्वताको कारण हजारौं नागरिकले ज्यान गुमाएको र हालसम्म पनि राहत तथा उद्धार कार्य प्रभावकारी हुननसक्नु गम्भीर चिन्ताको विषय रहेको उनको कथन छ ।

प्रम साहले संयुक्त राष्ट्रसंघ महासभामा हिमालय क्षेत्रलाई प्रयोगशालाकारुपमा प्रयोग हुने किसिमको अस्पष्ट अभिव्यक्तिप्रति पार्टीका नेता गुणराज लोहनीले गम्भीर आपत्ति जनाए ।

लोकप्रिय