विप्लवले नारायणकाजीलाई भेटेरै भने–‘राष्ट्रवादीहरु मिलेर जाऔं’
काठमाडौं । एमसीसीका कारण पार्टीभित्र गहिरो मतभेद राख्दै आएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपामा महासचिव नेत्रविक्रम चन्द्र विप्लवबीच भेटवार्ता भएको छ ।
श्रेष्ठलाई भेट्न विप्लव बुधबार बिहान श्रेष्ठ निवास हात्तिवन पुगेका थिए । भेटमा प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गर्न माओवादी केन्द्रको नेतृत्वले जबरजस्ती गरेको भन्दै राष्ट्रवादको पक्षमा रहेकाहरु एक जुट हुनुपर्ने विषयमा कुराकानी भएको नेताहरूले बताएका छन् ।

प्रतिकृया दिनुहोस्