निर्वाचन केन्द्रीत कार्यक्रममा जुटदै भक्तपुर कांग्रेस
भक्तपुर । नेपाली कांंग्रेस भक्तपुर स्थानिय निर्वाचनले तताएको महशुस कांग्रेस नेता कार्यकर्ताहरुले गर्न थालेका छन् । गत फागुणमा चर्चीत अमेरेकी सहयोग एमसिसीको संसदबाट अनुमोदन गरे पछि भक्तपुर कांग्रेस बिभिन्न कार्यक्रममा जुटेको छ ।

नेपाली कांग्रेसको बिधान बमोजिम व्यवस्था गरेको टोल समितिहरुका गठन गरेर वडा र नगर समितिहरु क्रियाशील भएका छन् ।
नगर समिति र क्षत्रीय समितिहरु आफ्नो क्षत्रका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम गरेर माहोल तताउन आरम्भ गरेका छन् ।

गत फागुण २८ गते क्षेत्र नं एकले प्रशिक्षण गरेको थियो । क्षेत्र नं दुईले भने ११२ औं नारी दिवसको अबसरमा क्षेत्र नं २ का १९ वडा सुर्य बिनायक नगरपालिका र मध्यपुर नगरपालिकाका महिला नेतृहरुलाई एक दिने प्रशिक्षण कार्यक्रम गरेको थियो । जसको उदघाटन नेपाली कांग्रेसका केन्द्रिय सदश्य एवं ‘घरघर जाउँ कांग्रेस जिताउँ’ अभियान अन्तर्गत भक्तपुरमा खटिएका केन्द्रिय प्रतिनिधि जितजंग बस्नेतले पानसमा बत्ती बालेर गर्नु भएको थियो ।

कार्यक्रमको संचालन महिला नेतृ मीना चित्रकारले गर्नु भएको उक्त कार्यक्रममा कांग्रेस नेता अष्ट कबे, कांग्रेस पूर्व जिल्ला सभापति गणेशमान चक्रधर र महेश श्रेष्ठले प्रशिक्षण कार्यक्रमको आवश्यकता, महत्व र उपयोगिताका बिषयमा प्रकाश पार्नु भएको थियो ।

महिलाहरुको उक्त प्रशिणका प्रमुख अतिथि जितजँग बस्नेतले नेपाली कांग्रेस कुनै रंग बिशेषले डराउँँदैन भन्दै निर्वाचन आयोगले मतपत्र हरियो राख्नेभन्दा हरियो भनेको रुख ठान्नु ठिक नभएको बताउनु भयो । उहाँले नेपाली जनतालाई धनि बनाउन एमसीसी सम्झौता गरेको बताउनुभयो ।
कार्यक्रममा बिशिष्ठ अतिथि दुर्लभ थापाले निर्बाचनमुखी कार्यक्रमको आरम्भ भएको बताउनुभयो । नेपाली कांग्रेसका नेता अष्ट कुमार कबेले प्रशिक्षण कार्यकर्तालाई मात्र हैन नेताहरुलाई आवश्यक भएको बताउनु भयो ।
पूर्व जिल्ला सभापति महेश श्रेष्ठ र गणेशमान चक्रधरले पनि शुभकामना दिनु भएको थियो ।
कांग्रेस नेता गुरु राज घिमिरे, शुरेन्द्र खत्री र कान्ता सिग्देलले प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रमका सभापति क्षैत्रीय सभापति भेष बहादुर कार्कीले आगामी निर्वाचनमा कांग्रेसमय बनाउन कुनै कमि हुन नदिने बताउँदै घर घर पुगेर मतदाता आकर्षित गरिने, कम्युनिष्टहरुको भ्रष्टाचारलाई पर्दाफास गरिने समेत बताउनु भएको थियो ।

प्रतिकृया दिनुहोस्