जसपाबाट बुटवल उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा उम्मेदवारले लिए उम्मेदवारी फिर्ता
बुटवल । जनता समाजवादी पार्टी (जसपा) बाट बुटवल उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा उम्मेदवारी दिएका दुवै जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।जसपाबाट मेयरमा सुरज हितान मगर र उपमेयरमा सम्झना पौडेलले मनोनयन दर्ता गरेका थिए ।
नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनका उम्मेदवारलाई सघाउने गरी मेयर र उपमेयरका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जसपा लुम्बिनीका मुख्य सचिव यज्ञ पोखरेलले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्