वर्षा र झरीले चुनाव प्रसार प्रसार प्रभावित हुने

वर्षा र झरीले चुनाव प्रसार प्रसार प्रभावित हुने

 

काठमाडौ । आज बैशाख २१ गते बिहान काठमाडौं उपत्यकासहित मुलुकका पहाडी भूभागमा बदली हुनेछ । गएराति काठमाडौंका केही क्षेत्रमा वर्षा भएको थियो ।
स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुका कारण आज दिनभरजसो बदलीसँगै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो पहाडी भूभागका केही र तराईका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा र बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भोली बैशाख २२ गते बिहीबार पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको हुन सक्नेछ। आज राति प्रदेश १ , मधेश प्रदेश, बागमती प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ ।
वर्षा हुँदा राजनीतिक दलको चुनाव प्रसार( प्रसारमा सकस हुन पुगेको छ। प्रचार प्रसारको कार्यतालिका प्रभावित भएको छ। हिजो र अस्तीको वर्षाले प्रसारप्रसार कार्यक्रम छोटिन पुगेको थियो।

लोकप्रिय