सूर्यविनायक नगरपालिकामा ढुँगेल र थापाबीच तीव्र प्रतिस्पर्धा
भक्तपुर । सूर्यविनायक नगरपालिकामा मतगणना जारी छ । यसबीच, सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटार क्षेत्रको १ हजार २ सय मत गणना गर्दा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार निशान ढुँगेलले ४६३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार बासुदेव थापाले ४२८ मत प्राप्त गरेका छन् । ढुँगेल र थापाबीच कडा प्रतिस्पर्धा भईरहेको छ ।
मेयर पदमै राप्रपाका उम्मेदवारले भने १५० मत प्राप्त गरेका छन् ।
त्यसैगरी वडा नं. १ मा उपमेयरमा एमाले उम्मेदवारले ४६३, नेकपा एकीकृत समाजवादीका उम्मेदवारले २२६ र राप्रपाका उम्मेदवारले २१९ मत प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्