५० किलो ४०० ग्राम लागू औषध गाँजासहित भारतीय नागरिक पक्राउ

५० किलो ४०० ग्राम लागू औषध गाँजासहित भारतीय नागरिक पक्राउ

मकवानपुर । प्रहरीले ५० किलो ४०० ग्राम लागू औषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार सितामढी जिल्ला ग्राम पञ्चायत नोचा वडा नं.१० थाना बेला घर भई हाल जिल्ला महोत्तरी औरही नगरपालिका वडा नं. ७ सोनामाई बस्ने ३७ वर्षीय राजेश चौधरी रहेका छन् ।

मकवानपुरको हेटौडा उपमहानगरपालिका-१ राप्तिरोडस्थित पुर्वपश्‍चिम लोकमार्ग सडकमा नेवारपानी तर्फबाट हेटौडा आउँदै गरेको ना २ ह १५०८ नम्बरको अटोलाई चेकजाँच गर्दा उनलाई पक्राउ गरेको हो ।पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको निल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।

लोकप्रिय