बढ्यो सुनको मुल्य

बढ्यो  सुनको मुल्य

 

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज आइतवार छापावाला सुनको मूल्य ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएकोे महासङ्घले जनाएको छ । यस्तै छापावाला सुनको १० ग्रामको रु ८३ हजार ७ सय ६५ रुपैंया रहेको छ ।तेजावी सुनको १० ग्रामको ८३ हजार ३ सय ३५ रुपैया र चाँदी १० ग्रामको रु १ हजार ७६ मा कायम गरिएको छ ।

लोकप्रिय