सभामुख घिमिरेद्वारा आरआरएड मिडिया सम्मानित

सभामुख घिमिरेद्वारा आरआरएड मिडिया सम्मानित

 

काठमाडौ । विज्ञापन बजारमा उत्कृष्ट काम गरेको भन्दै आरआरएड मिडिया सम्मानित भएको छ । मध्यान्ह राष्ट्रिय दैनिकले आफ्नो २३ औं वार्षिकोत्सवका अवसरमा आरआरएड मिडियालाई सम्मान गरेको हो ।
आइतबार राजधानीको बत्तीसपुतलीस्थित भव्य समारोहका बीच प्रमुख अतिथि एवं प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आरआरएड मिडियाका सञ्चालक राजेन्द्र रानालाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेका थिए ।
लामो समयदेखि अनवरत सहकार्य गरी गत वर्ष सबैभन्दा धेरै विज्ञापन उपलब्ध गराई सर्वोत्कृष्टमा पर्न सफल भएकोमा आरआरएड मिडियालाई सम्मान गरिएको मध्यान्ह दैनिकले जनाएको छ ।
सो अवसरमा मध्यान्ह दैनिकले सबैभन्दा धेरै विज्ञापन उपलब्ध गराई उत्कृष्ट १० मा पर्न सफल विज्ञापन एजेन्सीहरुलाई सम्मान गरेको थियो । उक्त उत्कृष्ट १० मध्ये आर. आर. एड मिडिया सर्वोत्कृष्ट भएको हो ।
सम्मान पत्रमा भनिएको छ, ‘यस मध्यान्ह राष्ट्रिय दैनिकसँग लामो समयदेखि अनवरत सहकार्य गरी गत वर्ष सबैभन्दा धेरै विज्ञापन उपलब्ध गराई उत्कृष्ट १० (दश)मध्ये सर्वाेत्कृष्टमा पर्न सफल भएकोमा आर. आर. एड मिडिया, बूढानीलकण्ठ–१३, काठमाडौंलाई हार्दिक बधाईसहित यो सम्मानपत्र प्रदान गरिएको छ । आगामी दिनमा पनि उस्तै सहकार्यको अपेक्षासहित त्यस मिडियाको उज्ज्वल भविष्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।’

लोकप्रिय