पसलहरुमा अनिवार्य एमआरपी राख्नैपर्ने
काठमाडौं । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साउन १ गतेदेखि एमआरपी (अधिकतम विक्री मूल्य) नराख्ने पसललाई कारबाही गर्ने भएको छ । विभागले आर्थिक वर्ष २०८२÷८३ देखि प्रत्यक पसलले एमआरपी नराख्नेलाई कडा कारबाही गरिन विभागका महानिर्देशक कुमार प्रसाद दाहालले बताएका छन् ।
नेपालमा व्यापार गर्ने व्यापारीहरुलाई पनि सहज हुने र उपभोक्तालाई पनि सहज हुने गरि अधिकतम मूल्य कति हो भनेर प्रत्येक पसलले राख्न पर्छ भन्ने कानुनमा भएता पनि लागू भने गरिएको पाइदैन ।
साउन १ गतेदेखि देशैभरीका प्रत्यक पसलले एमआरपी अनिवार्य रुपमा देखिने स्थानमा राख्न पर्ने भनेर विभागले सूचना जारी गरेर जानकारी गराउने दाहालले बताए ।
हरेक टोलै पिच्छे मूल्य फरक फरक देखिएको विभागले छ । सुनदेखि नुनसम्मका पसलले कति मूल्य हो भनेर उपभोक्तले थाहा पाउने स्थानमा राख्न पर्ने हो तर, हालसम्म कुनै पनि पसलले मूल्य सूची सार्वजनिक गरेको पाइदैन ।


प्रतिकृया दिनुहोस्