नेशनल लाईफ इन्स्योरेन्सको ३६ औँ साधारणसभा सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको ३६ औँ साधारणसभा सम्पन्न

 

काठमाडौ । नेशनल लाइफ इन्स्योरेन्सको ३६ औँ साधारणसभा सम्पन्न भएको छ । कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ ।
सभामा अध्यक्ष्य सिंहले समिक्षा वर्ष २०७९÷०८० मा राष्ट्रिय तथा अन्तराष्ट्रिय आर्थिक परिदृष्यहरु धेरै उत्साहप्रद नरहेको र अहिले विश्व अर्थतन्त्र सुधार उन्मुख भएतापनि सो चुनौतपूर्ण रहेको बताइन् । ब्याजदरको कारणले लगानीमा प्रतिकूल प्रभाव पारी पूँजीगत खर्च एवं समग्र मांगमा आएको कमीले स्वदेशी अर्थ ब्यवस्थामा प्रतिकूल प्रभाव परेको स्थितिमा आ.व.२०७९÷०८० मा जीवन बीमा ब्यवसाय आशातित रुपमा विस्तार हुन नसकेको भएता पनि आ.व.२०८०÷०८१ मा जीवन बीमा ब्यवसायले सुधारको वाटो तय गरेको उल्लेख गरिन् ।
आ.व.२०७९÷०८० मा कम्पनीको सबै वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको छ । कम्पनीको कूल बीमाशुल्क १६.६६ प्रतिशतले बृद्धि भई रु.१,६८०.९० करोड पुगेको छ । समिक्षा वर्षको संचालनवाट जम्मा रु.९३१.८३ करोड खूद थप रकम कूल बीमा करार दायित्वमा सारिएको छ र कूलबीमा करार दायित्व गत वर्षको तुलनामा १७.७६ प्रतिशतले बृद्धि भई वर्षान्तमा रु.६,५४०.४० करोड पुगेको छ ।
कूललगानी १५.७२ प्रतिशतले बृद्धि भई रु.४,९७८.२० करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र आ.व.२०७९÷०८० मा सो दर ९.४५ प्रतिशत कायम रहेको छ ।
कम्पनीका सबै लगानीहरु नेपाल बीमा प्राधिकरणले जारी गरेका लगानी निर्देशिका अनुसार रहेका छन् यी सबै सुरक्षा र प्रतिफलको हिसाबले राम्रा छन् । सोही लगानी निर्देशिका अन्तर्गत रहेर कम्पनी आफ्नो लगानी विविधिकरण गर्न प्रयासरत रहेको र सोही क्रममा कम्पनीले आगामी दिनहरुमा आफ्नो स्वामित्वमा जग्गा रहेका शाखाहरुमा ब्यापारिक भवन निर्माण गर्ने प्रयोजनको लागि स्थिर सम्पत्तिमा थप लगानी गर्दै जाने नीति अवलम्बन गरेको छ । यसै परिप्रेक्षमा कम्पनीको नेपालगन्ज स्थित भवन निर्माण कार्य सम्पन्न हुने स्थितिमा छ र यथाशिघ्र सो भवन संचालनमा ल्याउने प्रयास भैरहेको कम्पनीले जनाएको छ ।

लोकप्रिय