पाकिस्तानको गोलीबारीमा भारतीय सैनिक जवानको मृत्यु

काठमाडौं । जम्मू कश्मीरमा पाकिस्तानबाट भएको गोलीबारीमा एक भारतीय सैनिक जवानको मृत्यु भएको छ।
जम्मू कश्मीरको पुंछ सेक्टरमा पाकिस्तानी सेनाले गरेको गोलीबारीमा भारतीय सेनाका एक जवान दिनेश कुमारको मृत्यु भएको हो । भारतीय सेनाले जानकारी दिदै पाकिस्तानको गोलीवारीमा आफ्ना एक जवानको मृत्यु भएको जानकारी दिएको हो । जवान दिनेश हरियाणाका भएको खुलेको छ ।
भारतीय वायुसेनाले मंगलबार राति एक बजे पाकिस्तान र पीओके अर्थात् पाकिस्तान प्रशासित कश्मीर भित्र हवाई आक्रमण गरेको थियो । यस आक्रमणमा ९ वटा आतंककारी लुकेका ठाउँहरूलाई निशाना बनाइएको थियो । भारतले गरेको यो बदला लिने कारबाही पहलगाम आक्रमणको १५ दिनपछि गरिएको थियो र यसलाई ‘अपरेशन सिन्दूर’ नाम दिइएको थियो । यो नाम ती महिलाहरूलाई समर्पित गरको छ, जसका पतिहरू २२ अप्रिलमा पहलगाममा आतंककारीहरूले मारेका थिए ।
प्रतिकृया दिनुहोस्