दुर्घटनापछि कारबाहीमा परे उत्तर कोरियाली अधिकारी
काठमाडौं । नयाँ युद्ध पानीजहाज लन्च गर्ने समयमा भएको विष्फोटको घटनालाई लिएर उत्तर कोरियाले आफ्ना तीन कर्मचारीलाई गिरफ्तार गरेको छ।
उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनले उनीहरूमाथि अपराधको आरोपमा कारबाही हुने बताए। उत्तर कोरियाको आधिकारिक सरकारी समाचार संस्था केसिएनएले जनाए अनुसार उत्तरी कोङजिनको जहाजको प्रमुख इन्जिनियर सहित निर्माण प्रमुख र प्रशासकीय अधिकृत कारबाहीमा पर्ने भएका छन्।
केसिएनएका अनुसार शुक्रबार प्रशासकीय अधिकृत हङकी होलाई सुनुवाइका लागि बोलाइएको थियो।


प्रतिकृया दिनुहोस्