चीनसँग व्यापारिक सम्झौता भएको ट्रम्पको दाबि
काठमाडौं । अमेरिका र चीनबीच व्यापार सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले चीनसँग सम्झौता गरेको बताएका छन् ।
ट्रम्पले लेखेका छन्, ‘हामी चीनसँग सम्झौतामा पुगेका छौं, जुन राष्ट्रपति सी र मेरो बीच अन्तिम स्वीकृतिको विषय हो । पूर्ण चुम्बक र धेरै आवश्यक दुर्लभ तत्वहरू चीनबाट सुरुदेखि नै उपलब्ध गराइनेछ ।’ उनले अगाडी भनेका छन्, ‘पूर्ण चुम्बक र धेरै आवश्यक दुर्लभ तत्वहरू चीनबाट सुरुदेखि नै उपलब्ध गराइनेछ । त्यस्तै गरी, हामी चीनलाई सहमति भएको कुरा प्रदान गर्नेछौं, जसमा हाम्रा कलेज र विश्वविद्यालयहरूमा आउने चिनियाँ विद्यार्थीहरू पनि समावेश छन् ।’
ट्यारिफको बारेमा, ट्रम्पले अमेरिकाले ५५ प्रतिशत पाएको र चीनले १० प्रतिशत पाएको उल्लेख गरेका छन् । यसैबीच, चीनले भने सहमति भएको नभनिकन व्यापारिक मुद्धामा छलफल भएको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भनेका छन् ,‘चीन–अमेरिका आर्थिक तथा व्यापार परामर्श संयन्त्रको पहिलो बैठक लन्डनमा सम्पन्न भयो । वार्ताको क्रममा, दुई पक्षले स्पष्ट र गहन कुराकानी गरे र चिन्ताका आर्थिक तथा व्यापारिक मुद्दाहरूमा विचार आदानप्रदान गरे ।’


प्रतिकृया दिनुहोस्