आइपिएलमा दिल्लीको लगातार चौथो जित

आइपिएलमा दिल्लीको लगातार चौथो जित

काठमाडौं । जारी आइपिएलमा दिल्ली क्यापिल्सले लगातार चौथो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा दिल्लीले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा चौथो जित हासिल गरेको हो । रोयल च्यालेन्जर्स बैंगलुरुले दिएको १६४ रनको लक्ष्य पछाएको दिल्लीले १७।५ ओभरमा ४ विकेट गुमाउदै पुरा गरेको थियो ।

दिल्लीको जितमा केएल राहुलले अविजित ९३ रन बनाएका थिए भने ट्रीस्टान स्टबसले अविजित ३८ रन बनाएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको रोयल च्यालेन्जर्स बैंगलुरुले २० ओभरमा ७ विकेट गुमाउदै १६३ रन बनाएको थियो । बैंगलुरुका लागि फिल साल्ट र टिम डेभिडले ३७–३७ रन बनाएका थिए भने कप्तान रजत पाटीदारले २५ रन र विराट कोहलीले २२ रन बनाएका थिए । त्यस्तै दिल्लीका बलर कुलदीप यादव र भिपराज निगमले २–२ विकेट लिएका थिए ।

यो जितपछि दिल्लीको ४ खेलमा अपराजित रहदै ८ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको छ । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुको भने यो दोस्रो हार हो । ५ खेलमा बैंगलुरुको ५ खेलमा ३ जित र २ हारसहित ६ अंक हासिल गरेको छ र तेस्रो स्थानमा रहेको छ ।

 

लोकप्रिय