रोनाल्डोको दुई गोलमा अल नासरको जित

रोनाल्डोको दुई गोलमा अल नासरको जित

काठमाडौं । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल रियादलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा अल नासरले अल रियादलाई २–१ गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए । योसँगै रोनाल्डोको क्यारियर गोल ९३३ पुर्याएका छन् । रोनाल्डोले यस सिजनमा ३२ गोल गरेका छन् भने ४ असिस्ट गरेका छन् । त्यस्तौ अल रियादका लागि एक गोल फैज सेलेमानीले गरेका थिए ।

यो जितपछि अल नासरको २७ खेलमा ५७ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यस्तै अल रियादको भने २७ खेलमा ३४ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।

लोकप्रिय