इङलिश प्रिमियर लिगबाट ६ क्लबले च्याम्पियन्स लिग खेल्ने

इङलिश प्रिमियर लिगबाट ६ क्लबले च्याम्पियन्स लिग खेल्ने

काठमाडौं । इङलिश प्रिमियर लिगबाट आउँदो सिजनमा ६ क्लबले युइएफए च्याम्पियन्स लिग खेल्ने भएका छन् ।

प्रिमियर लिगका खेल सकिएसँगै च्याम्पियन्स लिग खेल्ने टिमको टुंगो लागेको हो । लिग च्याम्पियन लिभरपुल, दोस्रो स्थानमा रहेको आर्सनल, तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी, चौथो स्थानमा रहेको चेल्सी र पाँचौं स्थानमा रहेको न्यूक्यासल युनाइटेड च्याम्पियन्स लिगमा छनौट भएका छन् ।

लिभरपुलले ३८ खेलमा ८४ अंकसहित लिगको उपाधि जितेको छ । त्यस्तै आर्सनल ३८ खेलमा ७४ अंकसहित दोस्रो स्थानमा रह्यो भने म्यानचेस्टर सिटीको ३८ खेलमा ७१ अंकसहित तेस्रो स्थानमा रह्यो । त्यस्तै चेल्सीको ३८ खेलमा ६९ अंकसहित चौथो स्थानमा रहेको छ । त्यसैगरी न्यूक्यासल युनाइटेड ३८ खेलमा ६६ अंकसहित पाँचौं स्थानमा रहेको छ । समान ६६ अंक रहेपनि गोल अन्तरका आधारमा छैटौं स्थानमा रहेपछि एस्टन भिल्ला युरोपा लिगमा छनौट भएको छ ।

त्यस्तै लिगमा १७औँ स्थानमा रहेपनि युरोपा लिग जितेको टोटनह्याम पनि च्याम्पियन्स लिग खेल्ने भएको छ ।

 

लोकप्रिय