आईपीएलको दोस्रो क्वालिफायर आज, मुम्बई र उपाधि जित्न नसकेको पन्जाब भिड्दै

आईपीएलको दोस्रो क्वालिफायर आज, मुम्बई र उपाधि जित्न नसकेको पन्जाब भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो क्वालिफायर हुँदैछ।

आज पाँच पटकको विजेता मुम्बई इन्डियन्स र अहिलेसम्म उपाधि जित्न नसकेको पन्जाब किङ्स फाइनल प्रवेशका लागि खेल्ने छन्। रोयल च्यालेन्जर बंगलोरु (आरसिबी) भने फाइनल प्रवेश गरिसकेको छ।

दोस्रो क्वालिफायर खेलमा दुई टोलीका केही समानता पनि छन्। मुम्बईका कप्तान हार्दिक पाण्डेको विरुद्धमा पन्जाबका कप्तान श्रेयास तथा जसप्रित बुमराह जस्तै सिम बलर आर्सदीप सिंह मध्य को उत्कृष्ट भन्ने टुङ्गो यसै खेलमा लाग्ने छ।
साताको सुरुवातमा नै भएको खेलमा मुम्बईलाई नै हराएर पन्जाब पहिलो क्वालिफायरका लागि छनोट भएको थियो।

विस्फोटक टोली पन्जाबले १५ पारीमा २०० रनको आँकडा पार गरिसकेको छ। मुम्बईमा भने सात शीर्ष ब्याट्सम्यानमध्ये अन्तर्राष्ट्रिय अनुभव नभएका एक जना मात्र छन्। सुरुवातमा कमजोर प्रदर्शन गरेको मुम्बईले स्टार बलर जसप्रित बुमराह फिट भएर खेल्न सुरु गरेपछि कम ब्याक गरेको हो।

लोकप्रिय