फ्रान्सलाई हराउँदै स्पेन नेसन्स लिगको फाइनलमा

फ्रान्सलाई हराउँदै स्पेन नेसन्स लिगको फाइनलमा

काठमाडौं । स्पेन युइएफए नेसन्स लिगको फाइनलमा पुगेको छ ।

गएराती सम्पन्न सेमिफाइनलमा स्पेनले फ्रान्सलाई ५-४ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । स्पेनको जितमा लामिन यमलले २ गोल गरेका थिए भने निको विलियम, मिकेल मेरिनो र पेड्रीले एक एक गोल गरेका थिए ।

त्यसैगरी फ्रान्सका लागि किलीयन एम्बाप्पेम, रयान चेर्की र रानडाई कोलो मुआनीले एक एक गोल गरेका थिए भने एक गोल स्पेनका डानी भिभीयनले गरेका थिए । यो जितपछि अब स्पेनले फाइनलमा पोर्चुगलको सामना गर्ने भएको छ ।

पोर्चुगलले यसअघि पहिलो सेमिफाइनलमा जर्मनीलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । त्यस्तै जर्मनी र फ्रान्सले भने तेस्रो स्थानका लागि खेल्ने भएका छन् । तेस्रो स्थान र फाइनल खेल जुन ८ मा हुने छ ।

लोकप्रिय