एमाले फुटाउने बिधेयक आउदै, राष्ट्रपतिले के गर्ने ?

एमाले फुटाउने बिधेयक आउदै, राष्ट्रपतिले के गर्ने ?

काठमाडाैँ-संसदको अधिबेशन हठात अन्त्य भए पछि नेपाली राजनीति एकाएक गर्माएको छ ।

संसदले धेरै बिषयमा छलफल र निर्णय गर्नु पर्थ्याे तर सरकारले अधिबेशन कै अन्त्य गरिदिए पछि अब के हुन्छ ? सर्वत्र आशंका उत्पन्न भएको छ |

आशंका बढ्नुमा वर्तमान प्रधानमन्त्री देउवा नेतृत्वकाे सरकार गठन भएको महिना दिन बित्दा समेत मन्त्री मण्डलले पुर्णता नपाउनु कारक रहेको छ ।

कांग्रेस सभापती देउवाले नेकपा माओवादी केन्द्र,जनमोर्चा, मधेशबादी (जसपा) र एमालेको बिद्रोही गुटको समर्थनमा गठित बर्तमान सरकारलाई पुर्णता दिने ठुलाे कार्य बाकीनै छ ।

बर्तमान सरकारले संसदलाई पुर्णकाल काम गर्ने बातावरण बनाउने , संसद बिघटन हुन नदिने लगायतका कुरामा सरकार निर्माण पूर्व नै कांग्रेस नेतृत्व, एमाले बिद्रोहि पक्षका नेता माधव नेपाल एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बिच सल्लाह र सहमति भएको थियो ।

संसदको बिशेष अधिबेशन आफ्ना महत्वपुर्ण बिषयमा एकसरो छलफल नगरी हठात अन्त्य गरिंदा , अब सरकार छिटै राजनीतिक दल सम्बन्धी बिधेयक ल्याएर एमालेका माधव नेपाल पक्षले पार्टी फुटाउँदा पनि साँसद पद नजाने गरि कानुन बनाउने सुबिधा सहितको बिधेयक सरकारले ल्याउन लागेको अनुमान राजनीतिक बृत्तमा छाएको छ ।

माधव नेपाललाई मात्र होईन आउने बिधेयकले जनता समाजवादी दलका महन्त ठाकुरलाई पनि सहज हुने गरि बिधेयक जारी हुने ब्यबस्था गर्ने सवत्र अनुमान रहेकाे छ ।

वर्तमान राजनीतिक दल सम्बन्धि ऐनमा संसदिय दल र केन्द्रिय समितिमा कम्तीमा चालिस प्रतिशत सदस्य आबश्यक पर्छ ।

तर, बिध्यमान समयमा माधव नेपाल संग केन्द्रिय समितिमा सदश्य संख्या पुगे पनि साँसदमा नपुग्ने देखिन्छ त्यस्तै मधेशबादी राजपाका ठाकुर संग साँसद संख्यापुगे पनि केन्द्रिय सदस्यमा संख्यानपुगेको निर्वाचन आयोगले नै पुष्टि गरिसकेको छ ।

यसकारण पनि दल औपचारिक रुपमा फुटाल्न माधव नेपाल र महन्त ठाकुरलाई चालिस प्रतिशत नराखि सुबिधा हुने गरि २०-२५% को ब्यबस्था हुने अध्यादेश आउने चर्चा छ ।

जुन अध्यादेशले फुटिसकेर बैधानिकताको युद्वमा रहेका राजपाका ठाकुरहरुलाई ठुलो राहत मिल्नेछ ।

साथै माधव नेपालसंग एकताको ढोका बन्द गरिसकेका वलीलाइ साँचै पार्टी फुट्न लागेको कारण देखाउँदै पार्टी एकताको अन्तिम अस्त्र देखाएर बार्गेनिंगको अबसर जुटाउन माधव नेपाललाई सहज हुने देखिन्छ ।

बिधेयकको बलमा राजपा सहजै टुक्रिय पनि एमाले चैं अझै वली संग जोरी खोजेर पार्टी फुटाएको दोष वलीलाई दिन माधव नेपाल तानाबाना बुनिरहेका जानकारहरुको मत रहेको छ ।

सिंगो एमालेकै नेतृत्व संहाल्न अझै सकिने आँकलन माधव पक्षको छ भने उनका सहयोगी साँसद भने सिंहदरवारमा मन्त्रालयको कुर्सी तिर मात्र हेरिरहेका देखिन्छन ।

उता सकारले दल सम्बन्धि अध्यादेश ल्याउने तयारी गरेको सुईंको पाए पछि एमाले नेता केपि वली झस्केकाछन । बिरोध पनि सुरु भएकोछ । अरिंगाल र साईवर सेना भने अघिल्लो बर्ष २०७७ जेठ १० मै वलीले नै उक्त बिधेयक मधेशवादी दल फुटाउन ल्याई सकेको र साँसद अपहरण समेतका नाटक प्रदर्शीत भई सकेकोले बिरोधमा उचालिए पनि,पहिला आफ्नै सरकारले खनेको खाडल संझेर बिलखबन्दमा परेका देखिन्छन् ।

बिधेयक जारी पछि मात्र सरकारले माओवादी र मधेशवादीलाई सरकारमा सहभागी गराउनेछ भने माधव नेपाल समुह भने अझ केहि समय एमालेमै कच-कच गरि बस्ने अडकल गरिएको छ ।

उता अघिल्लो सरकारलाई जायज नाजायज सबै कार्यमा एमालेका कनिष्ट कार्यकर्ताले झैं आँखा चिम्लेर सहयोगिको भुमिका खेलेकी राष्ट्रपति बिध्यादेवी भण्डारीले बिधेयको सन्दर्भमा कस्तो भुमिका खेल्नेहुन त्यो पनि छिटै देखिने छ ।

लोकप्रिय