ज्ञानेन्द्र र वलीकाे सत्ता बहिर्गमन उस्तै-उस्तै हो नानु
काठमाडाैँ-पहिले रेडियोको जमानामा रेडियोबाट बज्ने चर्चित बिज्ञापन थियो, हात्ती बलियो कि हात्ती छाप चप्पल बलियो । अनि जवाफ आउँथ्यो, उस्तै-उस्तै हो नानु ।
आफ्ना दाजु राजा विरेन्द्रको बंश नास पछि ज्ञानेन्द्र शाह राजा भए । उनको साथमा दरवार र तरवार थियो । सेना, प्रहरी र प्रशासन पनि थियो । जे गरे पनि जय जयकार गर्ने ठुलै चम्चाहरूको भिड पनि थियो ।
राजा बनेका ज्ञानेन्द्रले राज पाठ जोगाउने, जनतालाई सन्तुष्ट बनाउने र दलहरुलाई सजग गराउनुको साटो आफैँ सर्वे सर्वा बन्न तिर लागे । राजनैतिक दललाई दुश्मनको दर्जा सरह ब्यबहार गरे ।
नेताहरुलाई अमानविय र रुखो ब्यबहार गरे । डेट एक्सपायर नेता डा.तुलसिगिरी र किर्तिनीधि बिष्टहरुको आड भरोसामा राज्य सत्ता आफ्नो हातमा लिए । जनताको संसद पनि षडयन्त्रपूर्ण रुपमा बिघटन गरे ।
जनता राजाको क्रियाकलापबाट दिक्क भए र सडकमा उत्रिए । सबै अधिकार, सबै शक्तिलाई दुरुपयोग गर्ने राजा ज्ञानेन्द्रको मात्र नभै नेपालबाट राजतन्त्र सदाको लागि अन्त भयो ।
राजा ज्ञानेन्द्रले शक्तिको दुरुपयोग गरेको, जनभावना अनुसार नचलेको । आफ्ना भजन मण्डलीको सल्लाह मात्र ग्रहण गरेको कारण राजाले राज्य सत्ता सदाको लागि गुमाएको तात्कालिन समयका राजाका अनुयायिहरु बताउँछन ।
तर ज्ञानेन्द्र र उनका खास अन्ध भक्त चैं राजतन्त्र गिरिजा प्रसादले चाहेकाभए राख्न सक्थे भन्दै आफ्नो गल्ती कम्जोरी समिक्षा नगरी गिरिजालाई मात्र दोष दिएर आत्मसन्तुष्टी लिईरहेको देखिन्छ ।
त्यस्तै वर्तमान दुई तिहाईको सरकारको नेतृत्व संहालेका नेकपा एमाले सरकारका प्रधानमन्त्री एवं अध्यक्ष केपि वलीले पनि सत्तामा पुगे पछि भ्रष्ट्राचारलाई संस्थागत मात्र गरेनन्, आफ्ना समकक्षी नेताहरु, जम्मा ४५ मतले महाधिबेशनमा पराजित माधब कुमार नेपाल जसलै १४ बर्ष पार्टी हाँके ।
पुर्व प्रधानमन्त्री तथा पूर्व महासचिव झलानाथ खनाल, उपाध्यक्ष बाम देब गौतम लगाएत दर्जनौ बरिष्ठ नेताहरुलाई समेत किनारा लगाएर एक छत्र कसैलाई नपुछेर मन लाग्दि राज्य चलाएका कारण गत निर्वाचनमा एक भएका नेकपाका अर्का अध्यक्ष (वली कै शब्दमा एक जहाजका दुई पाईलट) पुष्प कमल दहाल ‘प्रचण्ड’ लाई झन पहिले लखेटे र एमाले पनि सग्लो राख्न नसक्दा अहिले सत्ताबाट मात्र वलि निकालिएनन् ।
सात प्रदेशमा छ प्रदेशको प्रदेश प्रमुख आफ्नो हुँदा ऐले सम्म जम्मा दुई मात्र बाँकि छन्, त्यो पनि कुन दिन खुस्कन्छ, धेरै टिक्ने छाँट काँट छैन ।
सबै आफ्नो हातमा हुँदा सदाको लागि राजतन्त्र गुमाउने र राजतन्त्र फालेको दोष गिरिजालाई लगाएर ओभानो बन्ने राजा ज्ञानेन्द्र र सम्पुर्ण शक्तिको बागडोर आफ्नो हातमा रहँदा आफुले टिकाउन नसक्ने अनि सत्ता गुम्नुको दोष माधब नेपाललाई लगाएर आत्मा सन्तुष्टी लिने र सदाकालको लागि कथित कम्युनिष्ट शासन गुमाउने वली उस्तै उस्तै होईनन् र ?
प्रतिकृया दिनुहोस्