एमाले विभाजन गर्न पुग्ने साँसद र केन्द्रीय सदस्य लिएर माधब नेपाल चन्द्रागिरी हिल्स पुगे

एमाले विभाजन गर्न पुग्ने साँसद र केन्द्रीय सदस्य लिएर माधब नेपाल चन्द्रागिरी हिल्स पुगे

काठमाडौँ , भदौ ८ । नेकपा एमाले छोडेर विधिवत नयाँ दल दर्ता गर्ने अन्तिम तयारीका लागि निर्णायक गृहकार्य गर्न बरिष्ठ नेता माधव नेपाल समूहका ३२ सांसद र ६० केन्द्रीय सदस्य सोमबार अपरान्ह चन्द्रागिरी हिल्स रिसोर्ट पुगेका छन्।

निकटवर्ती सुत्रका अनुसार राष्ट्रिय सभा र प्रतिनिधि सभाका ३२ सांसद चन्द्रागिरी रिसोर्टमा बास बस्न पुगेका हुन्। त्यस्तै, साविक एमालेको २०३ केन्द्रीय सदस्यमध्ये ६० जना चन्द्रागिरी हिल्समा बसेको एक नेपाल समूहका सांसदले बताए।

मंगलबारसम्म थप एक दर्जन जति केन्द्रीय सदस्य र आधा दर्जन सांसद थपिने पनि नेपाल निकट नेताहरुले दाबी गरेका छन्।

एमाले बाट छुट्टिएर अलग्गै नेकपा ९एकीकृत समाजवादी० पार्टी गठनका लागि पछिल्लो प्रावधान अनुसार ३१ जना सांसद वा ४१ जना केन्द्रीय सदस्य आवश्यक पर्छ ।
नयाँ पार्टीमा आउन आनकानी गरिरहेका एमालेका सदस्य र साँसदहरुलाई अध्यक्ष नेपालले आफनो सामाजिक संजाल मार्फत आव्हान गरिसकेकाले केपी ओलीसंग असन्तुष्ट सदस्यहरु आउने छन भन्ने कुरामा पार्टी पंक्ती आशाबादी रहेका छन।

लोकप्रिय