ओलीको चरम दम्भका कारण एमाले ९८ सिटमा खुम्चियो ,दुई दलले प्रमाणपत्र पाएसँगै सत्ता गठबन्धन बहुमतमा
काठमाडौ – बरिष्ठ नेता माधव नेपालले नेकपा एमाले विभाजन गरेर बिधिवतरुपमा नयाँ पार्टी एकीकृत समाजवादी बनाएसँगै सत्ता गठबन्धनबाट बनेकाे देउवाकाे सरकारलाई आरामदायी बहुमत पुगेको छ।
अब नेपालसँग स्पष्टरुपमा प्रतिनिधिसभाका २३ जना सांसद छन्। एमालेमै रहेको अवस्थामा नेपाल पक्षका २२ जनाले शेरबहादुर देउवालाई बहुमत पुर्याइदिएका थिए
अब प्रतिनिधिसभामा सत्ता गठबन्धनका प्रमुख घटक कांग्रेसको ६३, माओवादीको ४९, एकीकृत समाजवादीको २३ र जसपाको २१ सहित १५६ सांसद पुगेका छन्।
यसमा कांग्रेसका विजयकुमार गच्छदार, मोहम्मद अफ्ताव आलम र जसपाका हरिनाराण रौनियार निलम्बित अवस्थामा छन्। विभाजन हुनुअघि महन्थ ठाकुर पक्षले पनि विश्वासको मत लिँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गरेकाले लोकतान्त्रिक समाजवादीका १३ जना सांसद पनि सरकारकै पक्षमा रहेको बुझ्न सकिन्छ।
लोेकतान्त्रिक समाजवादीमा रहेका रेशम चौधरी पनि निलम्बित अवस्थामा छन्। यस हिसाबले अब निलम्बितसहित गरी सत्ता गठबन्धनसँग १६९ जना सांसद छन्।
सामान्य बहुमतका लागि १३६ जना सांसद आवयश्यक पर्छ। अध्यक्ष केपी ओलीको चरम दम्भका कारण पार्टी बैधानिक तरिकाले नै विभाजन भएपछि अब प्रमुख प्रतिपक्ष दल एमाले सँग ९८ जना मात्रै सांसद रहेका छन्।
सत्ता गठबन्धनसँग बहुमत नपुगेपछि सरकारले भदौ १ गते पार्टी विभाजनलाई सहज हुने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेको थियो।
अध्यादेशमा दल विभाजनका लागि केन्द्रीय सदस्य वा संसदीय दलमा २० प्रतिशत सांसद भए हुने प्रावधान राखिएपछि भोलिपल्टै एमाले र लोसपाले निर्वाचन आयोगमा निवेदन दिएका थिए।
निर्बाचन आयाेगमा बुधबार दुवै पक्षले २० प्रतिशत पुर्याएकाे प्रमाणीत भएपछि नयाँ दलको मान्यता दिएको हो। देउवा सरकारसँग बहुमत नहुँदा सदनमा कुनै पनि प्रस्ताव पारितका लागि पेश गरेको थिएन।
प्रतिकृया दिनुहोस्