टुहुरेको निधनमा माओवादी अध्यक्षद्वारा शोक व्यक्त

टुहुरेको निधनमा माओवादी अध्यक्षद्वारा शोक व्यक्त

नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कम्युनिस्ट आन्दोलनका एक अग्रणी योद्धा जेबी टुहरेको निधनको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ ।

अध्यक्ष दाहालले आज शोक वक्तव्य प्रकाशित गर्दै झण्डै आधा शताब्दिभन्दा बढी समय नेपाली जनवादी गीत, सङ्गीतमार्फत जनताको मुक्ति, स्वतन्त्रता र परिवर्तनको शङ्खनाद गर्ने जनगायक टुहरेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

संविधानसभा सदस्य एवं माओवादी केन्द्रका सल्लाहकारसमेत रहनुभएका टुहुरेको आज उपचारका क्रममा बयोधा अस्पतालमा निधन भएको हो । अध्यक्ष दाहालले नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको अभियानमा टुहरेले पु¥याउनुभएको विशिष्ठ योगदानको उच्च सम्मान गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

आजै उहाँको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । त्यसअघि माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा उहाँको शव अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको थियो । माओवादीका नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र वर्षमान पुनलगायतले उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउनुभएको थियो । टुहरेलाई अन्तिम श्रद्धाञ्जलि दिन नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाललगायतका नेता तथा कार्यकर्ता, शुभेच्छुक पेरिसडाँडा पुग्नुभएको थियो । टुहुरेको ‘आमा दिदी बहिनी हो कति बस्छाँै दासी भई सुखको सधैँ प्यासी बनेर’लगायतका गीत लोकप्रिय छन् । –

लोकप्रिय