प्रधान सेनापतिमा प्रभुराम शर्मा नियुक्त
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले कायम मुकायम प्रधान सेनापति प्रभुराम शर्मालाई नेपाली सेनाकाे प्रधानसेनापतिमा नियुक्त गरेकी छिन् ।
नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम जिम्मेवारी सम्हाल्दै आएका बालाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि आउँदो भदौ २४ गते समाप्त भएर बिदा हुँदैछन। अवकाश लिन लागेका थापाले जंगी अड्डामा एक कार्यक्रमबीच बलाधिकृत रथी प्रभुराम शर्मालाई आफूले लिएका जिम्मेवारी बुझबुझारथ गरिसकेका छन्।


प्रतिकृया दिनुहोस्