सेक्सी लुगा लगाएकाे भन्दै महिला कलाकारलाई प्रवेश निषेध

सेक्सी लुगा लगाएकाे भन्दै महिला कलाकारलाई प्रवेश निषेध

बिश्वमै सिनेकला क्षेत्रमा नाम कहलिएकाे हलिउड र बलिउडका सेलिब्रेटी मात्र नभई ससांरका कुनै पनि देशका सेलिब्रेटी फेसनको मामलामा आममानिसभन्दा आफूलाइ भिन्न देखिन चाहन्छन्। विशेष गरी महिला सेलिब्रेटीलाई फेसन र कहानीले मागेको नाममा कुनै बेला हदभन्दा बढी नै खुल्ला कपडा लगाएर फेसनको नाममा आफ्नो शरीरका सम्बेदनशील अङ्ग प्रदर्शन गरेको भन्ने आरोप पनि लाग्दै आएको छ।

त्यस्तै, हदभन्दा छोटो कपडा पहिरेका कारण बिग ब्रदर रियालिटी टिभी स्टार एमी रसलाई हालै युएइकाे दुबईमा स‌ंचालनमा रहेकाे एक सपिङ मल प्रवेशमा रोक लगाइएको छ। वेबसाइट डीएनएमा प्रकाशित समाचारअनुसार २२ वर्षीया रियालिटी स्टार एवं चर्चित युट्युबर एमीलाई उक्त सपिङ मलका सुरक्षा गार्डले छोटो कपडा लगाएको र अत्यन्तै सेक्सि देखिएको भन्दै मलमा प्रवेश गर्न रोक लगाएका हुन्। एमीले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै उक्त दिन दुबईमा निकै गर्मी भएका कारण आफूले ग्लिटर टप र छोटो खालको मिनिस्कर्ट लगाएको जनाएकी छिन्। ‘जब म मलमा प्रवेश गर्दै थिएँ, एक सुरक्षा गार्ड मेरो सामु दौडँदै आए र म हेर्दै निकै सेक्सी देखिएको भन्दै मलमा प्रवेश गर्न नसक्ने बताए। उनले मलाई एक लिखित चेतावनी दिँदै प्रहरीको धम्कीसमेत दिए’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेकी छिन्।

दुबईको उक्त मलले दिएको लिखित चेतावनीमा एमीलाई शालिन लुगा लगाउन भनिएको र उक्त माहोल शान्त पार्नका लागि एमीले तुरुन्तै लामो खालको टिसर्ट किनेर लगाएको समाचारमा उल्लेख छ। सामाजिक सञ्जालमा निकै सक्रिय रहने एमीको फ्यान फलोइङको कुरा गर्ने हो भने इन्स्टाग्राममा उनको एक लाख ८६ हजारभन्दा बढी फ्यान फलोइङ रहेको छ भने अन्य सामाजिक सञ्जालमा पनि उनको फ्यानको लिस्ट केही लामै छ।

लोकप्रिय