शिक्षाशास्त्र केन्द्रीय विभागमा उल्लेखनीय सुधार
लामो समयदेखि समस्यै–समस्याले ग्रस्त अवस्थामा रहेको त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र केन्द्रीय विभाग, कीर्तिपुरमा केही उल्लेखनीय सुधारहरु देखिएका छन । विशेषगरी मिति २०७९ असोज २ गते विभागीय प्रमुख नियुक्त हुनु भएका प्रा.डा. कवि प्रसाद पोखरेलले प्राज्ञिक दृढताका साथ काम अगाडि बढाएपछि छोटो समयमा भौतिक, प्रशासनिक र शैक्षिक पक्षमा सुधार आएको हो । प्राध्यापक पोखरेलका अनुसार ‘अब विभाग सुधारको ट्रयाकमा बसेको छ, नयाँ आउनेले गतिका साथ काम गर्नसके यसको स्वरुपमा उल्लेखनीय सुधार देखिने छ’ ।
वास्तवमा शिक्षाशास्त्र केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालय भन्दा जेठो शैक्षिक संस्था हो । त्रिभुवन विश्वविद्यालय स्थापना हुनुभन्दा अगाडि यो संस्था कलेज अफ इजुकेशसन को रुपमा रहेको थियो । यो विभाग अग्रज, अव्वल र योग्य प्राध्यापकहरुले प्राध्यापन गर्ने थलो हो । यो विभाग विशेषगरी नेपालका प्राध्यापक र विद्यार्थीहरुको रोजाइको प्रथम केन्द्र हो बन्ने गरेको छ । यद्यपि यसबीचमा विभागमा धेरै विभागीय प्रमुखहरुले जिम्मेवारी सम्हालिसकेका छन । तर पनि विभागको प्रशासनिक कक्षा, कक्षाकोठा र फर्निचरमा भने स्थापनाकालकै प्रधानता रहेको थियो । यसैगरी प्रशासनिक र शैक्षिक समस्याहरु पनि बग्रेल्तीमात्रामा थियो । समस्यै–समस्याका चाँङ र चुनौतीका बीचमा आउनु विभागीय प्रमुख बनेर आउनु भएका प्रा.डा. कवि प्रसाद पोखरेलको प्रयासका केही महत्वपूर्ण कामहरु भएका छन ।
प्रा.डा. कवि प्रसाद पोखरेलले विभागीय प्रमुखबाट मिति २०८० माघ १९ गते राजिनामा दिइसक्नु भएको छ तरपनि उहाँको दृढ इच्छा शक्तिका कारण विभागका खासखास क्षेत्रहरुमा सुधारहरु देखापरिसकेका छन । कक्षाहरु नियमित गर्ने, लेखालाई व्यवस्थित बनाउने, प्रशासनिक कार्यलाई चुस्त बनाउने, हाजिर प्रणालीलाई व्यवस्थित बनाउने र शैक्षिक वातावरण गर्ने सन्दर्भमा उल्लेखनीय कामहरु भएका छन ।
शिक्षकहरुको उचित व्यवस्थापन
विश्वविद्यालयमा लामो समयदेखि व्यवस्थापन गर्न समस्या भइरहेको आंशिक शिक्षकको व्यवस्थापन सर्वसहमत रुपमा विगत १२ वर्षभन्दा अगाडी देखि निरन्तर प्राध्यापनरत आंशिक प्राध्यापकहरुलाई विश्वविद्यालय केन्द्रीय कार्यालयसंग समन्वय गरी सबै आंशिक प्राध्यापकहरुलाई विश्वविद्यालयको शिक्षण सहायक पदमा नियुक्त गर्ने काम भएको छ । यसैगरी विभागमा रहेको अनुसन्धान व्यवस्थापन इकाइ RMC लाई सक्रिय वनाई लघु अनुसन्धानलाई स्तरीय र व्यवस्थीत वनाउन नीतिगत संशोधन र कार्यन्वयण गरेको साथै विभागवाट प्रकाशितहुने जर्नललाई Open Journal System (OJS) मा प्रकासन गर्न सुरुवात भएको छ । यसैगरी विश्वविद्यालयका अधिकाँश विभाग र क्याम्पसहरुमा कार्यन्वयनमा रहेको तर शिक्षाशास्त्र केन्द्रीय विभागमा कार्यन्वयण गर्न कसैले सम्भव नठानेका विद्युतीय हाजिरीको शुरुवात गरी विश्वविद्यालयको नीतिलाई कार्यान्वयन भएको दावी गरिएको छ ।
लेखाप्रणालीमा सुधार
विगत लामो समयदेखि अव्यवस्थित अवस्थामा रहेको लेखाप्रणालीलाई पारदर्शी र व्यवस्थित वनाइएको छ । यसैगरी विभागमा थुप्रिएको बेरुजु रकम असुली तथा सैदान्तीक बेरुजूको लागि वेरुजी समिति मार्फत पहल गरेको छ । यसैगरी विभागको रणनीतिक योजना तथा गुरु योजनालाई अन्तिम तयारीको चरणमा पुराइएको छ ।
शैक्षिक व्यवस्थापन
कोभिड १९ को समयमा संकट व्यवस्थापनका लागि संञ्चालन गरेका अनलाइन कक्षा संञ्चालनका आधरमा भएको प्राध्यापक तथा विद्यार्थीको हाजिरी व्यवस्थापन र सोका आधरमा पारिश्रमिक व्यवस्था गर्नका लागि भएको नीतिगत जटिलता निराकरण गर्न अनलाइन कक्षा व्यवस्थापनका लागि माथिल्लो निकायहरुमा निरन्तर पहल र समन्वय भएको छ । यसैगरी प्राडा पोखरेल विभागीय प्रमुख भएपछि विभागले अगाडि वढाएको तर सुस्त रहेको गुणस्तर सुनिश्चितता तथा प्रत्ययन QAA कार्यक्रमका लागि दुइवटाSSR पेश गरेको र PRT ले स्थलगत भ्रमण गरी QAA प्रमाणीकरण हुने अन्तिम चरणमा पुराएको छ । यसैगरी त्रिभुवन विश्वविद्यालयले विश्व बैकको सहयोगमा संचालन गरेका Nurturing Excellence in Higher Education Program (NEHEP) अन्तरगत ut Extended Performance Based Grants ( EPBG) कार्यक्रममा विभागको सहभागिता गराई विभागको गोलघरको छाना निर्माण, हेल्थ डेक्स, शैक्षिक व्यवस्थापन सुचना प्रणाली सफ्टवेयर निमार्ण र कार्यन्वयण, विभागको पुस्तकालयका पुस्तकलाई Software मा प्रविष्ट गर्नुका साथै केन्द्रीय पुस्तकालयको E- Resources संग Link भएको छ । यसैगरी Student Quality Circle अभि गठन गरी विभागको सरसफाइ र स्वच्छता व्यवस्थापनमा सक्रिय वनाएको छ । त्यसैगरी विद्यार्थीको रुचि र आवश्यक्ताका आधरमा विद्यार्थीको क्षमता अभिवृति तथा सीप विकाससंग सम्वन्धित पाँचवटा नयाँ Non Credit Course निमार्ण गरी शैक्षिक शत्र २०८०÷०८१ देखि कार्यन्वयण गर्ने चरणमा रहेको बताइएको छ ।
विविध
विभागको परीसरमा प्राध्यापक, कर्मचारी तथा विद्यार्थीमैत्री वातावरण सृजनागर्न तथा विभागको भौतिक सम्पतिको सुरक्षाका लागि विभाग कम्पाउण्ड घेरावारा गरी प्रत्येक गेटमा सुरक्षा गार्ड व्यवस्था गर्न सुरक्षा पोष्ट निर्माण भएको छ । प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुका लागि प्रत्यक्ष असर पर्ने गरी शुरु गरिका अस्थायी गल्ली तथा गेटलाई वन्द गरी नियन्त्रण गरिएको पाइएको छ । विभागमा वगैचा, फोहोरा सहितको पोखरी र सरस्वतिको मन्दिर निर्माण भएको छ । त्यसैगरी विभागका विभिन्न विभागहरुमा प्राध्यापक क्याविन निर्माण भएको छ । विभागको क्यान्टीन छेउदेखि नयाँ भवन सम्म जाने धुले वाटोलाई ग्राभेल सडक बनाइएको छ । विभागका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुका लागि तातो चिसो पानीको व्यवस्थापनका लागि तीनवटा मेसिन राखी सुविधा प्रदान गरेको बताइएको छ ।
प्राध्यापक पोखरेलका अनुसार त्रिभुवन विश्वविद्यालयले केही वर्ष अगाडीदेखि शुरुवात गरेको प्लेजेरीजम परीक्षण ब्यक्तिगत रुममा विभागका केही प्राध्यापकहरुमा मात्र सीमित रहेकोमा हाल नीतिगत रुपमा विभागमा रहेको CRC पुस्तकालय मार्फत प्लेजेरीजम परीक्षण गर्न शुरुवात भएको छ । यस बाहेक त्रिभुवन विश्वविद्यालय अनुसन्धान निर्देशनालयबाट अनुदान प्राप्त ३ वटा अनुसन्धान कार्य संचालनमा ल्याइएको छ । यसैगरी विभागको पुरानो भवन Retro Fitting गर्नका लागि सहरी विकास मन्त्रालय र भौतिक पुर्वाधार विकास मन्त्रालयमा पहल भएको दावी गरिएको छ ।
प्रतिकृया दिनुहोस्