समुदाय प्रहरी साझेदारी : बिधार्थी संग अन्तक्रिया कार्यक्रम सपन्न

 समुदाय प्रहरी साझेदारी : बिधार्थी संग अन्तक्रिया कार्यक्रम सपन्न

समुदाय प्रहरी साझेदारी : बिधार्थी संग अन्तक्रिया कार्यक्रम सपन्न काठमाडाैँ- समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत धुम्बाराहीमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेबीको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । २९ गते बिहिबार बिहान कामपा -४ दियो महल आनन्दमार्गमा  अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा प्रहरी बतृ महाराजगंज र प्रहरी बृत मालिगाँउको समेत सहकार्य रहेकाे थियाे । सेवा केन्द्रका अध्यक्ष श्री राम प्रसाद न्यौपानेज्युको सभाअध्यक्षता तथा मजकुर जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रबउ श्री भूपेन्द्र बहादुर खत्री ज्युकाे प्रमुख आतिथ्यतामा लागु औषध दुर्ब्यसनी तथा साईबर क्राईम न्युनिकरण सम्बन्धी सचेततनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे।

उक्त कार्यक्रम कामपा -४ का वडा अध्यक्ष श्री दिनेश महर्जन, पुर्ब सचिब श्री श्याम प्रसाद मैनाली, पुर्ब प्रहरी अतिरिक्त महानिरीक्षक श्री अमरसिंह शाह ,प्रहरी बृत मालिगाउ प्रनाउ श्री इन्द्र प्रसाद सुबेदी ज्यु र प्रहरी बृत महाराजगंजका प्रनाउ श्री अमर बहादुर थापा क्षेत्री ज्यु काउप्रका सामुदायिक शाखा प्रमुख प्रनाउ श्री रबिराज थपलिया ज्यू लगायत कामपा-४ वडा एरियाका उच्च माध्यमिक बिधालयका प्रिन्सिपलज्युहरु सामुदायिका सेवा केन्द्रका पदाधीकारी लगायत बिधालयका करिब ३०० जना बिधार्थीको सहभागिता रहेकाे थियाे ।

प्रहरी बृत महाराजगंजका प्रनाउ श्री अमर बहादुर थापा क्षेत्री ज्युले कार्यक्रम सम्बन्धी प्रस्तुतिकरण दिनुभएको थियो ।

समुदाय प्रहरी साझेदारी : बिधार्थी संग अन्तक्रिया कार्यक्रम सपन्न

 समुदाय प्रहरी साझेदारी : बिधार्थी संग अन्तक्रिया कार्यक्रम सपन्न

लोकप्रिय