कांग्रेसको वडा अधिवेशनमा उत्साहपूर्वक सहभागिता देखियो

कांग्रेसको वडा अधिवेशनमा उत्साहपूर्वक सहभागिता देखियो

काठमाडौ, भदौ १९ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा.प्रकाश शरण महतले कांग्रेसको वडा अधिवेशनमा उत्साहपूर्वक सहभागिता देखिएको र मंसिर ९, १०, ११, १२ र १३ गते अन्तिम चरणमा महाधिवेशन हुने बताए । यसमा कुनै द्धिविधा छैन् । यसले कांग्रेसमा थप उर्जा, जाँगर थपेको छ । महाधिवेशनले पार्टीलाई नयाँ जीवन थप्नेमा मलाई पूरा विश्वास राजधानीमा भएको एक कार्यक्रमा बोल्दै उनले भने।

पार्टीको नयाँ विधान, अत्यन्तै लोकतान्त्रिक छ भने यसको निर्वाचन प्रणाली पारदर्शी छ । पार्टीको १० लाख क्रियाशिल सदस्य बनेको छ । यो अवसर र चूनौति दुवै हो । हामीसँग पार्टीभित्र एकता र सद्भाव कायम राख्ने चूनौति छ । मलाई लाग्छ हामीकहाँ एउटा युनिक लोकतान्त्रिक अभ्यास हुँदैछ ।’

उनले उम्मेद्धवारीको प्रश्नमा पार्टीमा आकांक्षाहरु अभिव्यक्त हुनु स्वभाविक भएको सुनाए । उनले भने,‘अन्ततः कार्यकर्ताहरुबाट, तलबाट खारिएर आउनेले सही अभिमत दिनुहुनेछ । हाम्रो सभापतिले नै आम निर्वाचन जित्ने मूल लक्ष्य हो भनेर भन्नुभएको छ । पार्टीभित्र जो विजयी भएपनि आफ्नै मान्छे हुने हो । पार्टी सभापतिले पनि आम निर्वाचन जिताएरमात्रै विश्राम लिन्छु भन्नुभएको छ ।

अरु साथीहरुले पनि आ–आफ्नो ईच्छा व्यक्त गरिरहनुभएको छ । आफ्नो ईच्छा व्यक्त गर्न पाईन्छ । मंसिरमा केन्द्रीय नेतृत्वको नोमिनेशनको लागि समय छ । अहिले दाबी गर्नेहरुको भोलि मन बदलिन सक्छ, अनि अहिले चुप लागेकाहरु नोमिनेशनको बेला उठ्न पनि सक्छन् । यसमा चिन्ता गर्नुपर्दैन् ।’

 

लोकप्रिय