जापानमा शक्तिशाली आँधीः पाँचजनाको मृत्यु
काठमाडौं । जापानमा शक्तिशाली आँधी ‘शानशन’ले लाखौँ मानिस प्रभावित भएका छन् । भने ५ जनाको मृत्यु भएको छ । दक्षिण पीश्चमी टापुक्यूशूमा स्थानीय समयअनुसार बिहीबार बिहान ८ बजे ठोक्किएर अघि बढेको आँधीका कारण हालसम्म पाँचजनाको मृत्यु भएको छ भने८१ जना घाइते भएका छन् ।
आँधीले जापानका अन्य टापुलाई समेत प्रभावित बनाएको र ५० लाखभन्दा बढी मानसि प्रभावित भएको समाचार एजेन्सी एएफपीलेजनाएको छ । क्यूशु टापुमा ठोक्किँदा शानशन आँधीको गति २५२ किलोमिटर प्रतिघण्टा रहेकोमा त्यसबाट अघि बढ्दा १२६किलोमिटर प्रतिघण्टाको गतिमा झरेको छ । यो आँधी पछिल्लो दशककै सबैभन्दा शक्तिशाली हो ।
आँधीसँगै क्यूशु द्वीपमा पछिल्लो ४८ घण्टामा ७९१.५ मिलिमिटर वर्षा मापन भएको छ । आँधीका कारण जापान एयरलाइन्सले आजकालागि तोकिएका झण्डै ६००भन्दा बढी उडान रद्द गर्ने घोषणा गरेको छ । बुधबार र बिहीबार ठूलो संख्यामा उडान रद्द हुँदा ५० हजारभन्दाबढी यात्रु प्रत्यक्ष प्रभावित भएका छन् ।
प्रतिकृया दिनुहोस्