तिजको अवसरमा गित तथा लाखे नाच प्रतियोगिता सम्पन्न

तिजको अवसरमा गित तथा लाखे नाच प्रतियोगिता सम्पन्न

स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकाल हरितालिका तिजको अवसरमा तिज गित तथा लाखे नाच प्रतियोगिता सम्पन्न गरेको छ । बिहीबार गाउँपालिकाले उपाध्यक्ष इन्द्र कुमारी थापा रानाको अध्यक्षता भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष खिम नारायण मानन्धर, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्मा, गाउँपालिकाका वडा अध्यक्षहरु, गाउँसभा सदस्यहरु, स्थानीय बुद्धिजिवीहरु, राजनितीकर्मी, कर्मचारी, हरिनास वासी, सुरक्षाकर्मी, पत्रकार लगाएतको सहभागिता थियो ।

कार्यक्रममा आमा समूहहरु बिच तिज गित प्रतियोगिता भएको थियो भने गाउँपालिका भित्रका विभिन्न समूहहरुले लाखे नाच प्रस्तुत गरेका थिए । यस्ते सोहि कार्यक्रमबाट गाउँपालिकाकी यू–१९ बर्षकी राष्ट्रिय भलिबल खेलाडी एलिशा मानन्धर, हेल्मुट कुटिन अवार्ड २०१९ विजेता चन्द्रकला थापा र मिस मगर इन्टरनेश्नल सिजन १ का विजेता प्रतिमा आले मगरलाई सम्मानित गरिएको छ ।
तिज गित प्रतियोगिता तर्फ प्रथम पुरस्कार उन्नतशिल आमा समूह हरिनास–२ ले जितेको छ । भने द्धितीय पुरस्कार डाँफे मुनाल आमा समूह हरिनास–४, तृतीय पुरस्कार चन्द्रज्यीति आमा समूह, हरिनास–४, र सान्त्वना पुरस्कार चिसापानी आमा समूह, हरिनास–२ ले जितेका छ ।

यस्तै लाखे नाच तर्फ प्रथम पुरस्कार सालडाँडा लाखे समूह, हरिनास–१, द्धितीय पुरस्कार गैराखोला लाखे समूह, हरिनास–६, तृतीय पुरस्कार चित्रे लाखे समूह, हरिनास–४ र सान्त्वना पुरस्कार जनज्योती मानन्धर समूह, हरिनास–४ ले जितेको गाउँपालिकाले जानकारी दिएको छ ।

लोकप्रिय