काठमाडौंमा असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय
- dainiksamaj
- २०७८ भाद्र २१, सोमबार
-
450 Shares
काठमाडौं भदाै २१ । काठमाडौं उपत्यकामा आगामी असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रतिनिधि, नगरशिक्षा समितिका प्रतिनिधि तथा अभिभावक संघका प्रतिनिधिसहितको बैठकले आगामी असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय भएको हो ।
कोरोनाको संक्रमणको अवस्था विश्लेषण नगर शिक्षा समितिले आवश्यक निर्णय लिन सक्नेगरी सोमबारको बैठकबाट निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
उनले भने, ‘कोभिडको जोखिम नभएको ठाउँमा विद्यालय खोल्न सकिन्छ, भएको ठाउँमा खोल्ने कुरा हुँदैन । नगर शिक्षा समितिले यसबारे आवश्यक निर्णय गर्न सक्छ ।’
प्रशासनले असोज १ गतेदेखि विद्यालय खोल्ने औपचारिक निर्णय गरेपनि काठमाडौंका केही स्थानीय तहले भने पठनपाठन समेत थालिसकेका छन् । केहीअघि सीसीएमसीबाट स्वीकृत ‘स्मार्ट–लकडाउनसम्बन्धी कार्यविधि, २०७८’ ले जोखिमको अवस्था विश्लेषणपछि भौतिक उपस्थितिमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिने आधार दिएको थियो ।
दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणका कारण यस शैक्षिकसत्रको सुरुदेखि नै प्रत्यक्षरुपमा नभई अनलाइन वा अन्य सञ्चार प्रविधिको सहायतामा वैकल्पिक माध्यमबाट पठनपाठन हुँदै आएकामा अब भौतिक रुपमै विद्यालय खोल्ने बाटो खुला गरिएको हो ।
- डा. देवराज अर्यालद्वारा लिखित ‘स्थानबोध’ कृति लोकार्पण
- ललितपुर उद्योग वाणिज्य संघमा कर्माचार्य प्यानल निर्वाचित
- होप्स मैत्रीपूर्ण टेबलटेनिस शनिबार
- २०७२ संविधान संशोधन गरि ब्रिटिश गोर्खाहरुलाई नेपाली नागरिकता दिन माग
- ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा
- ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी
- कांग्रेसको १५औं महाधिवेशनको उद्घाटनस्थल खुलामञ्चमा मिडिया सेन्टर तयार
- राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
- नेपाली कांग्रेस विभाजित, एकै पार्टीका दुई महाधिवेशन
लोकप्रिय
-
नेपाली कांग्रेस विभाजित, एकै पार्टीका दुई महाधिवेशन
२०८३ आश्विन १७, शनिबार -
ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी
२०८३ आश्विन २०, मंगलवार -
गृहका ५ उपसचिवलाई सिडियोको जिम्मेवारी
२०८३ आश्विन १७, शनिबार -
ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा
२०८३ आश्विन २०, मंगलवार -
ग्लोबल आइएमई बैंकको २० औं साधारणसभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित
२०८३ आश्विन १७, शनिबार

प्रतिकृया दिनुहोस्