काठमाडौंमा असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय
- dainiksamaj
- २०७८ भाद्र २१, सोमबार
-
180 Shares
काठमाडौं भदाै २१ । काठमाडौं उपत्यकामा आगामी असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रतिनिधि, नगरशिक्षा समितिका प्रतिनिधि तथा अभिभावक संघका प्रतिनिधिसहितको बैठकले आगामी असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय भएको हो ।
कोरोनाको संक्रमणको अवस्था विश्लेषण नगर शिक्षा समितिले आवश्यक निर्णय लिन सक्नेगरी सोमबारको बैठकबाट निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
उनले भने, ‘कोभिडको जोखिम नभएको ठाउँमा विद्यालय खोल्न सकिन्छ, भएको ठाउँमा खोल्ने कुरा हुँदैन । नगर शिक्षा समितिले यसबारे आवश्यक निर्णय गर्न सक्छ ।’
प्रशासनले असोज १ गतेदेखि विद्यालय खोल्ने औपचारिक निर्णय गरेपनि काठमाडौंका केही स्थानीय तहले भने पठनपाठन समेत थालिसकेका छन् । केहीअघि सीसीएमसीबाट स्वीकृत ‘स्मार्ट–लकडाउनसम्बन्धी कार्यविधि, २०७८’ ले जोखिमको अवस्था विश्लेषणपछि भौतिक उपस्थितिमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिने आधार दिएको थियो ।
दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणका कारण यस शैक्षिकसत्रको सुरुदेखि नै प्रत्यक्षरुपमा नभई अनलाइन वा अन्य सञ्चार प्रविधिको सहायतामा वैकल्पिक माध्यमबाट पठनपाठन हुँदै आएकामा अब भौतिक रुपमै विद्यालय खोल्ने बाटो खुला गरिएको हो ।
- ऐतिहासिक अध्ययनका आधारमा अमरसिंह थापाको जन्मस्थल सिरानचोक नै रहेको निष्कर्षमा :साउन १६ मा स्मृति दिवस
- जैविक विविधता र वन्यजन्तु संरक्षण प्रभावकारी बनाउन आदिवासी समुदायको आग्रह
- नेपालले रुसबाट सिक्नु पर्छ :वर्षामान पुन रुसी जनता हामीलाई मायाँ गर्ने जनता हुन: भण्डारी सन्दर्भ: ७०औं कुटनैतिक सम्बन्ध स्थापना दिवस
- किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण
- ४७८ औं साहित्य सन्ध्या श्रँृखलामा ‘‘अष्टावक्र महागीतामृत’’को विमोचन, सहित ‘‘साहित्यमा अर्थ–सामाजिक परिदृश्य’’माथि परिचर्चा
- आदिकवि भानुभक्त आचार्यको २१३ औं तथा विख्यात रुसी सोभियत कवि भ्लादिमिर मायाकोभ्स्कीको १३३ औ जयन्तीमा काव्यिक साँझ
- जनसाहित्य संघ नेपालको भेला सम्पन्न
- गोर्खाको पाइला परेको युद्धभूमिदेखि विश्वकपको सेमिफाइनलसम्म: इंग्ल्यान्ड–अर्जेन्टिना भिडन्तको इतिहास
- टीयू टपर उत्पादन गर्ने पुष्पलाल कलेजमा नयाँ विद्यार्थीको भव्य स्वागत-भियोमाले बाँधे सबैको ध्यान
- लाइभ बहस र न्यायिक पारदर्शिता: सुधारको साहसी कदम, तर सावधानीको अनिवार्यता
लोकप्रिय
-
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण
२०८३ श्रावण ४, सोमबार -
जैविक विविधता र वन्यजन्तु संरक्षण प्रभावकारी बनाउन आदिवासी समुदायको आग्रह
२०८३ श्रावण १०, आईतवार


प्रतिकृया दिनुहोस्