इन्द्रजात्रा हेर्न सर्वसाधारणको भिँड (फोटोहरु)

इन्द्रजात्रा हेर्न सर्वसाधारणको भिँड (फोटोहरु)

काठमाडौँ । इन्द्र जात्राको प्रमुख दिन मंगलबार हनुमानढोका दरबार क्षेत्रमा ठूलो भिँड लागेका छ । राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट देखि सर्वसाधारणले इन्द्रजात्राको अवलोकन गरेका छन् । जीवित देवी कुमारी, भैरव र गणेशको रथ तान्ने पहिलो दिन देशका प्रमुखहरुको पनि उपस्थिति रहने परम्परा अनुसार विशिष्ट व्यक्तिहरु हनुमानढोका क्षेत्र पुगेका हुन् । विशेष गरी सर्वसाधारणको भिँड लागेको थियो ।

आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । राजतन्त्र रहुञ्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो ।

लोकप्रिय