प्रधानमन्त्री ओली र मोदी बिच न्युयोर्कमा भेटवार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षीबीच भेट हुँदैछ ।नेपाली पक्षको लामो प्रयास र गृहकार्यपछि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आइतबार साँझका लागि भेटवार्तातय भएको हो ।
उनीहरूबीच स्थानीय समय अनुसार साँझ साढे पाँच बजेदेखि ६ बजेसम्म होटेल लोटे न्युयोर्क प्यालेसमा ‘साइडलाइन’ भेटवार्ता हुनेप्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ ।
‘उहाँहरूबीच द्विपक्षीय भेट तय भएको छ,’ प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यले भने । मोदी उक्त होटेलमा बसिरहेका छन् ।
भेटका लागि नेपाली पक्षबाट धेरै अघिदेखि गृहकार्य भएको थियो । भारतीय पक्षबाट शुक्रबार सकारात्मक सन्देश पाएपछि भेटकोवातावरण बनेको हो । ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय प्रधानमन्त्रीसँग पहिलोपटक भेट हुन लागेको हो । यसअघिथाइल्यान्डमा तय भएको बिमस्टेक बैठकमा ओली र मोदीबीच भेटवार्ता हुने भनिए पनि बैठक नै स्थगित भएको थियो ।
प्रतिकृया दिनुहोस्