श्रीलंकामा वामपन्थी नेता कुमारा दिसानायके राष्ट्रपतिमा निर्वाचित
काठमाडौं । श्रीलंकाको राष्ट्रपति निर्वाचनमा मार्क्सवादी नेता अनुरा कुमारा दिसानायके विजयी भएका छन् । श्रीलंकाको इतिहासमावामपन्थी नेता राष्ट्रपति बनेको यो पहिलोपटक हो ।
दिसानायकेले चर्चित उम्मेदवार नमल राजपाक्षे, साजिद प्रेमदासा र रणिल विक्रमासिंघेलाई पराजित गरेका हुन् ।
जनता विमुक्ति पेरामुना (जेभीपी) पार्टीका नेता दिसानायके यो निर्वाचनमा नेशनल पीपुल्स पावर (एनपीपी) गठबन्धनबाट राष्ट्रपतिकोउम्मेदवार बनेका थिए ।
उनको जन्म राजधानी कोलम्बोबाट १०० किलोमिटर टाढा थम्बुटेगामामा दैनिक ज्यालादारी गर्ने परिवारमा भएको थियो ।
उनी शुरुमा पेराडेनिया विश्वविद्यालयमा भर्ना भए तर राजनीतिक विचारधाराका कारण धम्की आउन थालेपछिकेलानिया विश्वविद्यालयमा भर्ना भए ।
दिसानायकेले ८० को दशकमा विद्यार्थी राजनीति शुरु गरेका थिए । कलेजमा छँदा उनी सन् १९८७ र १९८९ को बीचमा सरकारविरोधीआन्दोलनका क्रममा जेभीपी दलमा आबद्ध थिए ।
प्रतिकृया दिनुहोस्