१५ दिनभित्र बक्यौता नतिरे उद्योगको लाईन फेरी काट्छौं – घिसिङ

१५ दिनभित्र बक्यौता नतिरे उद्योगको लाईन फेरी काट्छौं – घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणले सरकारको निर्देशन पालना गर्दै उद्योगमा बिजुली जोड्ने निर्णय गरेको बताएका छन् । तर उनले १५ दिन भित्र बक्यौता नतिरे उद्योगको लाईन पुन काट्ने बताएका छन् ।

बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले मन्त्रिपरिषदको उद्योगमा बिजुली जोड्ने निर्णयपछि ऊर्जा मन्त्रालयको पत्रअनुसार सञ्चालक समितिको बैठक बसेको र बोर्डले सरकारको निर्देशन कार्यान्वयन गर्ने निर्णय गरेको बताए ।

‘कात्तिक ८ गते लाइन काटेका थियौं । भर्खरै सरकारले १५ दिनभित्र बक्यौता उठाउने गरी २४ घण्टाभित्र बिजुली जोड्न निर्देशन दिएको छ । अब १५ दिनभित्र बक्यौता उठाउन लाग्छौं । १५ दिनभित्र उहाँहरूले सरकारको निर्देशन अनुसार बक्यौता तिर्नुपर्छ । नतिरे हामी कानुनी प्रक्रियामा जान्छौँ,’ उनले भने ।

लोकप्रिय