आजदेखि नेपालले बंगलादेशमा बिजुली निर्यात गर्दै
काठमाडौं । नेपालले आज (शुक्रबार) देखि बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात सुरु गर्ने भएको छ । आज दिउँसो पौने एक बजेदेखि राति १२ बजेसम्म नेपालबाट भारतको बाटो हुँदै बंगलादेशमा बिजुली निर्यात हुने भएको हो ।
नेपाल, भारत र बंगलादेशबीच गत असोजको अन्तिम साता भएको त्रिदेशीय सम्झौताअनुसार बिजुली निर्यात गर्न लागिएको हो । नेपालबाट जुन १५ देखि नोभेम्बर १५ सम्म बिजुली निर्यात हुने सम्झौता छ ।
पहिलो चरणमा आज एक दिनका लागि बिजुली निर्यात हुने छ । यो सँगै बंगलादेशसम्म बिजुली निर्यात गर्ने सम्झौता कार्यान्वयनमा जानेछ । ६ वर्षको अथक प्रयासपछि बिजुली निर्यात हुने भएको हो ।
प्रतियुनिट ६ दशमलव चार अमेरिकन सेन्ट अर्थात् ८ रुपैयाँ ५८ पैसामा बिजुली बेच्न लागिएको छ । भारतले भने प्रसारणलाइन प्रयोग गर्न दिएवापत् ५ दशमलव नौ–पाँच पैसा आम्दानी गर्ने छ ।


प्रतिकृया दिनुहोस्