उषा भण्डारी भाटभटेनीको स्पोर्ट्स ब्राण्डको एम्बासडर
काठमाडौँ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर उषा भण्डारी भाटभटेनी सुपर मार्केटको स्पोर्ट्स ब्राण्ड एम्बासडर नियुक्त भएकी छन् ।
महाराजगञ्जस्थित आफ्नै भवनमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमार्फत भाटभटेनीले भलिबलकी स्टार खेलाडी उषालाई एकवर्षका लागि आफ्नो स्पोर्ट्स ब्राण्ड एम्बासडर घोषणा गरेको हो ।
सो अवसरमा खेलपोशाक कम्पनी टी–टेन स्पोर्ट्सले पनि उषालाई ब्रान्ड एम्बासडर घोषणा गर्यो । कार्यक्रममा भाटभटेनी सुपर मार्केटकानिर्देशक कल्याण गुरुङ, टी–टेनका हेड अफ बिजनेस डेपलभमेन्ट आलोकजंग जोशी र भलिबल खेलाडीबीच त्रिपक्षीय सम्झौता भएकोथियो ।
भाटभटेनीले सम्झौता अनुरूप उषालाई १० लाख रूपैयाँ दिने भएको छ । उनले हरेक महिना ८३ हजार ३३३ रूपैयाँ प्राप्त गर्ने भाटभटेनीलेजनाएको छ । टी–टेनले भने ५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । सो अवसरमा भाटभटेनी सुपर मार्केटका निर्देशक गुरुङले नेपालकोमहिला भलिबल फ्रेन्चाइज लिगमा पनि टोली खरिद गर्दै महिला भलिबलको विकासमा काम गर्न तयार रहेको बताए ।


प्रतिकृया दिनुहोस्