रास्वपाले आज सरकारविरुद्ध ७ मिनेट घन्टी बजाएर विरोध गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारविरुद्ध टोलका सबै चोकमा ७ मिनेट खबरदारी घन्टी बजाउन आह्वान गरेको छ । आज साँझ ७ बजेआफ्नो घरमा र सम्भव हुने टोलका चोकमा जम्मा भई घण्टी बजाउन पार्टी कार्यकर्ता र समर्थकलाई रास्वपाले आग्रह गरेको हो ।
दुई वर्षअघिको आम निर्वाचनमा मत परिवर्तनबाट मुलुकको रूपान्तरणको सुरूआत भएको दिन भन्दै रास्वपाले यस्तो कार्यक्रम घोषणागरेको हो ।
रास्वपाले भनेको छ, ‘भ्रष्ट सरकारको सर्वसत्तावाद र राजनीतिक प्रतिशोधविरुद्ध आज साँझ ७ बजे आफ्नो घरमा र सम्भव हुने टोलमाचोकमा जम्मा भई सात मिनेट खबरदारी घन्टी बजाउन सबैमा अनुरोध गर्दछौं ।’
घन्टी बजाउँदै गरेको फोटो, भिडिओहरू सामाजिक सञ्जालमा अपलोड गरी खबरदारी गर्न पनि रास्वपाले भनेको छ ।
सभापति रवि लामिछाने सहकारी प्रकरणमा पक्राउ परेपछि रास्वपाले राजनीतिक प्रतिशोध राखेर सरकारले समातेको भन्दै आन्दोलनगर्दै आइरहेको छ ।
प्रतिकृया दिनुहोस्