उपनिर्वाचन : ३१ जनाको उम्मेदवारी फिर्ता, ३७६ उम्मेदवारलाई निर्वाचन चिह्नप्रदान

उपनिर्वाचन : ३१ जनाको उम्मेदवारी फिर्ता, ३७६ उम्मेदवारलाई निर्वाचन चिह्नप्रदान

काठमाडौँ आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका चार सय १० मध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्  

निर्विरोध निर्वाचित भएका बाहेक अन्य तीन सय ७६ जना उम्मेदवारलाई आज सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचितअधिकृतबाट निर्वाचन चिह्न प्रदान गरिएको आयोगले जनाएको  

जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष वडा अध्यक्षकारिक्त ४४ पदमा राजनीतिक दलबाट दुई सय ८९ एक सय २१ स्वतन्त्र उम्मेदवार गरी कुल चार सय १० जनाको मनोनयनपत्र दर्ता भएकोथियो  

तीन पदमा निर्विरोध निर्वाचित भइसकेका छन् आयोगका अनुसार ओखलढुङ्गा कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशःनेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भए

यस्तै रुकुम (पूर्वी भाग) जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काउम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भए

लोकप्रिय