नेपाल र स्विडेन सरकार बीच कार्बन व्यापारमा सम्झौता
काठमाडौं । नेपाल र स्विडेन सरकार बीच पहिलो पटक कार्बन व्यापारमा सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
अजरबैजानको बाकुमा जारी विश्व जलवायु सम्मेलन कोप—२९ मा स्विडेनका वातावरण मन्त्री रोमिना पोरमौनखारीको उपस्थितिमा दुईदेश बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
दुईपक्षीय सहयोग सम्झौतामा नेपालको तर्फ बाट वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खराल र स्विडेनका तर्फ बाट त्यहाँकोऊर्जा मन्त्रालयका महानिर्देशक क्यारोलिन एसर्फले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि स्वीडेन सरकारले नेपाल सरकारको राष्ट्रिय निर्धारित योगदान (एनडीसी) कार्यान्वयनमा सहयोग गरी हरितगृह ग्यासन्यूनीकरण गर्ने कार्यमा सहयोग गर्नेछ ।
कार्बन व्यापार सम्बन्धी कार्यमा प्रयोग गरिने सहयोगका लागि नेपालले जलवायु न्यूनीकरण कार्यका लागि परियोजना बनाएर प्रस्तुतगर्नुपर्ने हुन्छ । परियोजना प्रस्तुत गर्न नसके प्रतिवद्धता गरिएको सहयोग फिर्ता जाने जोखिम पनि उत्तिकै रहने जनाइएको छ ।
प्रतिकृया दिनुहोस्