मुख्यमन्त्री कार्यालय अगाडि जागिर माग्दै शहीद परिवारको प्रदर्शन

मुख्यमन्त्री कार्यालय अगाडि जागिर माग्दै शहीद परिवारको प्रदर्शन

जनकपुर जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि मधेस आन्दोलनका शहिद परिवारका सदस्यहरु प्रदर्शन गरेका छन्

प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले शहिद परिवारका एक/एक जनालाई रोजगार दिने निर्णय गरेपनि हालसम्म कार्यान्वयननभएको भन्दै शहिद परिवारका सदस्यहरु आन्दोलित भएका हुन्

मुख्यमन्त्री कार्यालय अगाडि गरिएको प्रदर्शनमा प्रदेशका आठै जिल्लाका शहिद परिवारका सदस्यहरु छन् उनीहरुले प्रदेश सरकारलेआफूहरुको माग पुरा नगरेसम्म घर नफर्किने चेतावनी दिएका छन्

शहिद परिवारका रामनरेश राय यादवले मुख्यमन्त्री सतिश कुमार सिंहलाई पहिलो मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न पटक पटकभेटेर आग्रह गर्दापनि बेवास्ता गरेपछि आन्दोलन गर्नुपरेको सुनाए

५२ शहिद परिवारका एक/एक सदस्यलाई रोजगार दिने सरकारले निर्णय गरेको हो,’ उनले भने, ‘निर्णय गरेको पनि वर्ष बितिसक्यो केहि शहिद परिवारलाई मात्र करारको जागिर दिएको तर उनीहरुलाई पनि हटाउन खोजिएको

उनले सरकारले गरेको निर्णय अनुसार सबै शहिद परिवारका एक/एक सदस्यलाई स्थायी जागिरको व्यवस्थापन गर्नुपर्ने आफूहरुको मागरहेको बताए माग पुरा नगरे आफूहरु पनि सहादत दिने उनले चेतावनी समेत दिए

लोकप्रिय