अब धरहरा चढ्न २०० रुपैयाँ शुल्क
काठमाडौं । धरहरा चढ्नका लागि अबदेखि शुल्क तिर्नुपर्ने भएको छ । आजैदेखि लागू हुनेगरी सरकारले धरहरा चढ्न प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्कतोकेको छ ।
विद्यार्थी, ज्येष्ठ नागरिक बालबालिका अपाङ्गता भएका व्यक्तिलाई भने ५० प्रतिशत सहुलियत हुने सहरी विकास मन्त्रालयले जनाएकोछ । यसअघि परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको धरहरा अब व्यवस्थित रूपमा सशुल्क सञ्चालन गर्न लागिएको हो ।
सहरी विकास मन्त्रालयले गरेको प्रस्तावअनुसार सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति१ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
त्यस्तै, धरहरामा पार्किङ गर्दा मन्त्रालयले चार पाङ्ग्रेका लागि प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ ताकिएको छ । धरहरापरिसरमा प्रवेशका लागि भने ५० रुपैयाँ तोकिएको छ ।
प्रतिकृया दिनुहोस्