रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आइतबारकास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेको इजलासले लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएकोसूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
लामिछानेमाथि जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी बचत अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा अनुसन्धानगरिरहेको छ ।
यसअघि लामिछानेमाथि अनुसन्धान गर्न कात्तिक २५ गते १३ दिन म्याद थप भएको थियो । आइतबार पाँचौंपटक म्याद थपका लागिलामिछानेलाई अदालत उपस्थित गराइएको थियो ।


प्रतिकृया दिनुहोस्