पोखरीमा गाडी डुब्दा अमेरिकामा दुई नेपालीको मृत्यु
भर्जिनिया । अमेरिकाको भर्जिनियाको स्यानटिली सहरमा पोखरीमा गाडी डुब्दा दुई नेपालीको मृत्यु भएको छ । एनबीसी वाशिंगटनका अनुसार ज्यानगुमाउनेमा ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्ट रहेका छन् ।
जनवरी ९ बिहीबार बिहान एउटा होटल बाहिरको पोखरीमा कार डुबेको अवस्थामा फेला परेको थियो । सोही स्थानमा दुई शव फेलापरेका थिए । सोही शवको पहिचान खुल्दा नेपाली रहेको पुष्टि भएको हो । कार आंशिक रूपमा हिउँ जमेको पानीमा डुब्दा चालकखड्का र यात्रु भट्ट भित्र फसेका थिए । एनबीसी वाशिंगटनका अनुसार सहकर्मीहरूले खड्का विङ्गेटमा काम गरेको बताए । २० वर्षीयभट्टले जागिरको लागि आवेदन दिने योजना बनाएकाले उनीसँग आएको समाचारमा उल्लेख छ ।


प्रतिकृया दिनुहोस्